सम्भव र असम्भव!


अ+
अ-

परिस्थितिले बनाउँछ
सम्भव
असम्भव

सम्भव
मानेका कार्यहरू पनि
कुनै परिस्थितिमा
असम्भव हुँदारहेछन्
अनि असम्भव ठानेकाे
कुरा पनि
हृदयकाे विश्वास
पाखुरीकाे श्रम
दिमागकाे साेचकाे
फलस्वरूप
सम्भव बनिदिन्छन्
तसर्थ
यस्ताे लाग्छ
सम्भव
  असम्भवबिचमा
झिनाे पर्दा मात्र
जसलाई
अाँट
हाैसला
हिम्मत
मेहनतले
तय गर्छ

साेच बबुराे बन्नु हुँदैन
उद्देश्य
नाजुक हुनु हुँदैन
कल्कल बग्दै
अनन्तसम्म
एकाग्र चित्तले
दूरदृष्टि
देख्न सक्नु पर्छ
तब मात्र
सम्पूर्ण ध्येय
चाहना
सम्भव बन्दछन् !!

Comments (1)

ऋषिराम नेपाल Feb 8, 2026 09:49
अति उत्तम । असम्भवलाई सम्भव बनाउन सक्नु नै ठूलो पुरुषार्थ हो।
Write a Comment
Comment must be at least 10 characters

More from Sudha Baँskota Dhkal

Explore more articles by this author
जीवनगति !!

जीवनगति !!

न राेकेर राेकिन्छ / न छेकेर छेकिन्छ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्