जीवनगति !!


अ+
अ-

न राेकेर राेकिन्छ 
न छेकेर छेकिन्छ
अनवरत आफ्नै लयमा
बहीरहन्छ जीवनगति!

निरन्तर कहिले
हुर्हुरिदै अत्यन्त
तीव्रताका साथ
उमङ्ग बाेकेर
कहिले
त्यसै ठप्प राेकिएर भए पनि कतै
राजनीति जेलिएर कतै
सङ्घर्षमा पेलिएर इर्ष्या र डाहमा खाक भएर
वा वेदनाकाे ज्वालामा राख भएर
भाैँतारिएझैँ देखिन्छ
जीवनगति
या दुर्गति
मतिभ्रष्ट भए पनि
उद्देश्य प्रष्ट भए पनि
कसैकाे रिमाेटले
नियन्त्रण गरेझैँ
वा अनायास
अँध्याराे सुरुङ्मा परेझैँ
दाैड छ मान्छेकाे
नराेकिने यात्रामा
कुनै बेला काँडामा
कुनै बेला फूलमा टेक्दै
निरन्तर
बुझिनसक्नु नियति
याे जीवनगति !!

बल्खु , काठमाडौं

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters

More from Sudha Baँskota Dhkal

Explore more articles by this author
सम्भव र असम्भव!

सम्भव र असम्भव!

परिस्थितिले बनाउँछ / सम्भव र / असम्भव...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्