देशबाहिर पहिलाे “लण्डन इन्द्र जात्रा”


अ+
अ-

काठमाडौं, साउन ३१ । लण्डनमा पहिलो पटक ‘लण्डन इन्द्र जात्रा’ले नेवार तथा नेपाली सांस्कृतिक वैभव र समुदायको एकता दर्शाउँदै नयाँ ऐतिहासिक अध्याय सुरु गरेको छ। पासा पुचः गुथि, यूके को २५ औँ बार्षिकोत्सवको अवसरमा आयोजना भएकाे कार्यक्रम बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

आैपचारिक कार्यक्रममा मन्तब्य दिंदै घिमिरेले पासा पुचः गुथि, यूकेले बहुसाँस्कृृतिक नेपालकाे पहिचान दिलाउन गरेकाे याेगदानका लागि आयाेजकलाई धन्यवाद दिंदै भने- नेवार समुदाय मात्र हाेईन, सम्पूर्ण नेपालीले जमघट भएर काठमाडौंमा जस्तै इन्द्र जात्रा मनाउनु पाउँनु गाैरबकाे विषय हाे । राजदूत घिमिरेले पासा पुचः गुथि, यूकेले ईतिहास रचेकाेमा खुशी व्यक्त गरे ।

कार्यक्रममा पासा पुचः गुथि, यूकेका अध्यक्ष सुशील प्रजापतिले नेपालकै कुमारी, गणेश र भैरवकाे फाेटाे रथमा प्रतिस्थापन गरेर उनकै प्रतीककाे रूपमा लण्डनका कुमारी, गणेश र भैरवलाई रथ जात्रा गर्ने जानकारी गराए । राजदूत घिमिरे र अध्यक्ष प्रजापतिले रथमा पूजा गरेपछि रथ जात्राकाे तयारी गरिएकाे थियाे ।

यस्तै, कार्यक्रम संयाेजक ओेजेश सिंहले कार्यक्रम परिकल्पना गरिएकाे १० वर्ष पछि मात्र कार्यक्रम गर्न सफल भएकाे बताउँदै भावी सन्ततिलाई जात्रा देखाएर नेपालकाे संस्कृति देशबाहिर पनि जिवित राख्ने प्रयास गरेकाे बताए ।

यो जात्रामा बेलायतका विभिन्न ५ शाखा–लन्डन, अ‍ल्डरशट, रिडिङ, स्कटल्यान्ड र वेल्स–बाट सहभागि भएर एउटा साझा सांस्कृतिक पर्वका रूपमा निर्माण गरेको प्रयास देखिएको छ। सहभागीहरू पनि नेपालकाे कार्यक्रम भनेर निकै टाढा टाढाबाट सहभागी हुन आएका थिए ।

काठमाडौंबाहेक नेपाल बाहिर पहिलो पटक आयाेजना गरिएकाे लण्डन इन्द्र जात्रामा बृद्धबृद्धा, बालबालिका, युवायुवती सबै निकै नै उत्साहित देखिन्थे । नेपाली माहाैलमा रमाउँने विदेशीहरूकाे सहभागिता पनि त्यत्तिकै थियाे ।

कार्यक्रममा गुथि संस्थानका कार्यकारी प्रमुख शैलेश कुँवरकाे सहभागिता तथा संस्थानले पासा पुचः गुथिलाई कदर पत्र प्रदान गरिएकाे थियाे ।

यस्तै, कार्यक्रममा यशी थनेगु (लिंगाे गाड्ने), आकाश भैरव, लाखे, पुलुकिशी, धिमे बाजा आदिले लण्डन इन्द्र जात्रालाई जिवन्त तुल्याएकाे थियाे ।

लण्डनमा पहिलोपटक मनाइएको इन्द्र जात्राले नेपाली–नेवा: सांस्कृतिक पहिचान, डायस्पोरा समुदायको सक्रियता, र बेलायतमा नेपाली संस्कृतिको जीवंतता प्रस्तुत गरेको छ। यसले प्रिय–परिचित सांस्कृतिक रीतिरिवाज मात्र होइन, भविष्यमा दुई देशबीच संवेदनशील सांस्कृतिक सम्बन्धको एक उज्यालो आधार पनि बन्न पुगेको छ।

तल केही कार्यक्रम तथा लण्डन इन्द्र जात्राका फाेटाेहरू हेर्न सक्नुहुन्छ: (फाेटाे: नेवाः टाइम्स)

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता...

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता...

भारतमा अनलाइन ठगीमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना नियन्त्रणमा

भारतमा अनलाइन ठगीमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना नियन्त्रणमा...

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा...

नयाँ क्यान्सर इन्जेक्सनले ट्युमर  हटाएको दाबी, ११ देशमा सफल परीक्षण

नयाँ क्यान्सर इन्जेक्सनले ट्युमर हटाएको दाबी, ११ देशमा सफल परीक्षण

नयाँ क्यान्सर इन्जेक्सनले ट्युमर हटाएको दाबी, ११ देशमा सफल परीक्षण...

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको आग्रह

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको आग्रह

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्