बौद्ध अध्ययन र अभ्यासबाट असल क्रिश्चियन बन्न सफल


अ
अ+
अ-

काठमाडौं, कार्तिक २८ । गौतम बुद्धका उपदेशहरु धार्मिक तथा दार्शनिक चिन्तनमा मात्र सीमित नभई व्यावहारिक जीवनमा पनि लागू गर्न सकिने कुरामा चिन्तन हुँदै आइरहेको पाइन्छ । यसै सन्दर्भमा भिक्षु सुदर्शन महास्थविर स्मृति पुस्तकालयको आयोजनामा कीर्तिपुरस्थित नगरमण्डप श्रीकीर्ति विहारमा आज ‘व्यावहारिक जीवनमा बौद्ध शिक्षाको उपादेयता’ विषयक एक प्रवचन कार्यक्रम सम्पन्न भयो । बौद्ध अध्येता कर्ण बहादुर महर्जन प्रवचक रहेको यस कार्यक्रममा उहाँले समाजका हरेक क्षेत्रमा बुद्धका उपदेशहरु लागू गरी लाभान्विक हुनसक्ने कुरामा जोड दिनु भयो । 

व्यापार, व्यवसाय, व्यवस्थापन, शिक्षा, चिकित्सा, अध्ययनअनुसन्धानलगायतका क्षेत्रमा गौतम बुद्धका उपदेशहरुलाई लागू गर्दै जान सकिने र यसलाई प्रायोगिक बौद्ध धर्म भन्न सकिने बताउनुभ यो । प्रायोगिक बौद्ध धर्मसम्बन्धी समसामयिक चिन्तक तथा विद्वानहरुको उल्लेख गर्दै एक क्रिश्चियन पादरीले बौद्ध धर्मको अध्ययन तथा अभ्यास गरेर आफू असल क्रिश्चियन बन्न सकेको अभिव्यक्ति दिनुले प्रायोगिक बौद्ध धर्मको महत्व रहेको पुष्टि हुने बताउनु भयो । यसरी नै गौतम बुद्धले सिकाउनु भएकमा विपश्यना ध्यान विधि विश्वभर लोकप्रिय रहेको तथा जेलजस्तो ठाउँमा यसको अभ्यास गराएर सजाँय भोगिरहेका क्रैदीहरुलाई असल बाटोमा लगाउन सकेको तथ्यहरु कार्यक्रममा प्रस्तुती भयो । 

पुस्तकालयमा प्रत्येक महिना अन्तिम शनिवार हुँदै आएको यस प्रवचन कार्यक्रममा बौद्ध भिक्षु, विद्वान, अध्येता तथा विद्यार्थीहरुको सहभागिता रहने गरेको छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता...

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार

महिलाको ५० प्रतिशत सहभागिता दया होइन, न्याय र लोकतन्त्रको आधार...

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड

मनसुन २०८३ बाट पाठ सिकेर नयाँ विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड...

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा

फ्रिज र फ्रिजरमाथि साइबर हमला : युरोपका नौ देशमा खाद्य सुरक्षा संकट, रक्तभण्डारण केन्द्रसमेत निशानामा...

अमेरिकी मध्यावधि निर्वाचन: संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण,  राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का

अमेरिकी मध्यावधि निर्वाचन: संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण, राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का

अमेरिकी मध्यावधि निर्वाचन: संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण, राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का...

सडक सुधारका लागि एडिबीको २८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सडक सुधारका लागि एडिबीको २८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सडक सुधारका लागि एडिबीको २८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय...