बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार
कोही नेवारलाई कसैले ‘तिमी बौद्ध हो कि हिन्दू ?’ भनेर सोध्योभने साधारणतः त्यो नेवार अल्मलिन्छ । वास्तविकता त के हो भने, एक सर्वसाधारण नेवारलाई बौद्ध हुनु र हिन्दू हुनुमा केही फरक परेको हुँदैन । परम्परा जसरी चल्दै आएको हो, त्यसरी नै चल्दै जाने हुन्छ, बौद्ध हुनु र हिन्दू हुनुमा केही तलमाथि परेको हुँदैन ।