५ असोज २०८३, सोमबार

काठमाडौँ महानगरमा बजेट कार्यान्वयन समीक्षा सुरु, जनलाभमा ध्यान दिन निर्देशन


अ+
अ-

काठमाडौँ, चैत ८ । काठमाडौँ महानगरपालिकाले स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्न पाक्षिक बैठक सुरु गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षका कार्यक्रमहरूको प्रगति समीक्षा थालिएको हो।
बैठकमा कार्यान्वयनमा रहेका कार्यक्रमहरूको गुणस्तर, प्रभावकारिता तथा जनतासँगको सम्बन्धबारे छलफल भइरहेको छ। साथै कार्यान्वयन हुन बाँकी कार्यक्रम कहिले र कसरी सञ्चालन गर्ने तथा कार्यान्वयन हुन नसक्ने कार्यक्रमका कारणबारे विभागीय प्रमुखहरूले प्रस्तुति सहित प्रगति विवरण पेश गर्ने व्यवस्था गरिएको छ।
बैठकको पहिलो दिन कार्यवाहक प्रमुख डंगोलले पूँजीगत खर्चको क्षमता बढाउँदै गुणस्तर र प्रभावकारितामा ध्यान दिन निर्देशन दिइन्। उनले हरेक कार्यक्रमले आम नागरिकलाई कति लाभ पुर्‍यायो भन्ने पक्षलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताइन्। “कार्यक्रम कार्यान्वयन गर्नु जति महत्वपूर्ण छ, त्यसले दिएको नतिजा पनि उत्तिकै महत्वपूर्ण हुन्छ,” उनले भनिन्, “यसकारण कार्यान्वयन भएका कार्यक्रमको अध्ययन–विश्लेषण गरी नतिजा मापन गर्नुपर्छ।” उनले लिखित आन्तरिक समन्वय प्रणाली लागू गर्न पनि निर्देशन दिइन्।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले सिनियर म्यानेजमेन्ट टिम (एसएमटी) बैठकमा अझ सूक्ष्म विश्लेषण गरिने जानकारी दिए। उनका अनुसार हरेक योजनाको विवरण अद्यावधिक गर्दै समयमै सम्भावना र चुनौती पहिचान गरिनेछ।
प्रशासन विभागका प्रमुख महेश काफ्लेले प्रशासनिक खर्च घटाउने दिशामा काम भइरहेको बताए। योजना अनुगमन तथा मूल्याङ्कन एकाइकी प्रमुख सुमित्रा लामिछाने सुवेदीले कार्यक्रमसँगै नीतिगत समीक्षा आवश्यक रहेको उल्लेख गरिन्। वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले फोहर व्यवस्थापनका लागि छुट्याइएका ७ क्षेत्रमध्ये ६ स्थानमा ट्रान्सफर स्टेशन निर्माण प्राथमिकतामा रहेको बताइन्।
सार्वजनिक निर्माण विभागमा महानगरको सबैभन्दा ठूलो बजेट रहेको छ। यसअन्तर्गत ५ अर्ब ७७ करोड रुपैयाँका १९१ योजना सञ्चालनमा छन्, जुन कुल बजेटको २३ प्रतिशत हो। तीमध्ये ४८ योजना सम्पन्न भइसकेका छन् भने १ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन २६.८ प्रतिशत वित्तीय प्रगति हो। विभाग प्रमुख सुरेश राईका अनुसार धुलोरहित कार्यक्रमअन्तर्गत पूर्व क्षेत्रमा ७६ प्रतिशत, उत्तर क्षेत्रमा ६८ प्रतिशत, मध्य क्षेत्रमा ६७ प्रतिशत र पश्चिम क्षेत्रमा ३० प्रतिशत वित्तीय प्रगति भएको छ।
‘उज्यालो काठमाडौँ’ कार्यक्रमअन्तर्गत ६२ स्थानमा हाइमास्ट लाइट जडान भइसकेको छ। यसको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५० प्रतिशत रहेको छ। आकस्मिक मर्मत कार्यमा करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ।
शिक्षा विभागअन्तर्गत ११९ कार्यक्रम कार्यान्वयनमा छन्, जसमध्ये ८९ नयाँ कार्यक्रम रहेका छन्। विभाग प्रमुख नमराज ढकालका अनुसार १६ कार्यक्रम संघीय सरकारको सशर्त अनुदानमा सञ्चालन भइरहेका छन्।
स्वास्थ्य विभागले संघ, प्रदेश र महानगरको बजेटमार्फत १८७ कार्यक्रम सञ्चालन गरिरहेको छ। विभाग प्रमुख दीपककुमार के.सी.का अनुसार स्वास्थ्य क्षेत्रमा कुल ९७ करोड ९९ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन महानगरको कुल बजेटको ३.९ प्रतिशत हो। हालसम्म ११२ कार्यक्रम कार्यान्वयन भइसकेका छन्।
महानगरले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउँदै जनतामुखी नतिजा सुनिश्चित गर्न समीक्षा प्रक्रिया निरन्तर अघि बढाएको जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन...

बंगालको खाडीको न्यून चापीय क्षेत्रका कारण वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बंगालको खाडीको न्यून चापीय क्षेत्रका कारण वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बंगालको खाडीको न्यून चापीय क्षेत्रका कारण वर्षाको सम्भावना, सतर्क रहन आग्रह...

प्रसुती विदा: गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने कानुन बनाउन जोड

प्रसुती विदा: गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने कानुन बनाउन जोड

प्रसुती विदा: गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने कानुन बनाउन जोड...

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह...

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी...

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्