काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानव व्यवस्थापनलाई व्यवस्थित बनाउँदै ‘सहयोगापेक्षी सडक मानवमुक्त काठमाडौँ’ अभियानलाई तीव्रता दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले २०६२/६३ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।
मन्त्रालयका अनुसार विपन्न, असहाय तथा बेवारिसे नागरिकको उपचारमा पहुँच सुनिश्चित गर्न ‘फ्री हेल्थ पोर्टल’ सञ्चालनमा ल्याइएको छ। उक्त पोर्टलमार्फत हालसम्म १५ वटा अस्पतालले आफ्ना कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण प्रविष्ट गरिसकेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहतका निकायमा कार्यरत कर्मचारीका लागि आज आचारसंहिता तथा प्रतिवद्धता पत्र लागू गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको उक्त आचारसंहितामा कर्मचारीको पेशागत आचरण, सेवा प्रवाह, अनुशासन तथा जिम्मेवारी उल्लेख गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो वेबसाइटमार्फत उक्त मस्यौदा सार्वजनिक गर्दै सम्बन्धित राजनीतिक दलहरूबाट २०८३ बैशाख १० गतेभित्र राय तथा सुझाव माग गरेको हो।
श्रम तथा रोजगार कार्यालय हेटौंडा, इलाका प्रहरी कार्यालय मुग्लिङ, चाइल्ड हेल्पलाइन नेपाल १०९८ मकवानपुर तथा इच्छाकामना गाउँपालिकाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा ती बालबालिका फेला परेका हुन्।
संयुक्त राष्ट्र संघले नेपालको प्रस्तावमा आज अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ (इन्टरनेशनल वेलनेश डे) घोषणा गरेको छ। यसै उपलक्ष्यमा काठमाडौँको टुडिखेलमा प्रथम पटक भव्य समारोह आयोजना गरी दिवस मनाइँदै छ।
जेनजी आन्दोलनकी नेता रक्षा बमले प्रधानमन्त्रीको मौनतामाथि प्रश्न उठाउँदै सार्वजनिक रूपमा सम्बोधन गर्न माग गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले संसदको पहिलो अधिवेशनदेखि हालसम्म प्रधानमन्त्रीको आवाज नसुन्न पाएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासअनुसार राष्ट्रलाई सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको बताएकी हुन्।