Saturday, September 26, 2026 | 2:38 AM

भदौ २३ र २४ को घटना: जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझायाे


अ
अ+
अ-

काठमाडौं, फागुन २४ । गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठित आयोगले आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएकाे छ ।

पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित 'भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२' ले आइतबार प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएपछि आयाेगका सदस्य विज्ञान राज शर्माले प्रतिवेदनले २३-२४ काे घटनामा " थाेरै बहुत सुरक्षा ल्यापसेस् भएकाे" बताउँदै गल्ती गर्नेलाई प्रतिवेदनले कारवाहीकाे सिफारिस गरिएकाे बताए ।
शर्माले पत्रकारहरूसँग प्रतिवेदन कार्यान्वयन हुने कुरामा विश्वस्त रहेकाे बताउँदै प्रतिवेदनका लागि झण्डै दुईसयभन्दा बढीसँग अन्तरवार्ता गरिएकाे बताए । साथै उनले चुनावपछि मात्र रिपोर्ट बुझाउने नियतले ढीला गरेकाे नभई धेरै कामले गर्दा ढीला भएकाे बताए ।

आयोगलाई सुरुमा तीन महिनाको समय दिइएको थियो। काम अपूरो रहेपछि सरकारले एक महिना थप गरेको थियो। पछि पुनः दुई हप्ता थप गरेर आयोगको म्याद फागुन २२ गतेसम्म पुर्याइएको थियो। यसअघि नै आयोगले कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका प्रमुख र प्रशासनिक अधिकारीहरूको बयान लिइसकेको थियो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्राचार गरेको थियो।

भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको र हजारौं घाइते भएको तथ्यांक छ। त्यसक्रममा सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान तथा निजी घरहरूमा समेत आगजनी तथा तोडफोड भएको थियो।

आयोगको प्रतिवेदन बुझाउने मिति पटक-पटक सारिएपछि भने विभिन्न सवाल उठेका थिए। जेन-जेड मुभमेन्ट अलायन्स लगायतका संस्थाहरूले प्रतिवेदन तत्काल सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गर्दै आएका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्