Wednesday, September 23, 2026 | 8:27 PM

बाढी प्रभावितको पहुँच पुनःस्थापनाका लागि डब्लूडब्लूएफ नेपालद्वारा डेढ करोड सहयोग


अ+
अ-

काठमाडौं, असोज ७। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले बाढी प्रभावित समुदायको पहुँच पुनःस्थापना तथा तत्काल राहतका लागि सरकारलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
राष्ट्रिय संरक्षण दिवसका अवसरमा आईयूसीएनले आयोजना गरेको राष्ट्रिय संरक्षण मञ्चमा डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ डा. घनश्याम गुरुङले कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीलाई उक्त रकम हस्तान्तरण गरे।
डब्लूडब्लूएफ नेपालले यसअघि पनि केही साताअघि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो। उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको थियो।
डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ डा. गुरुङले बाढीबाट प्रभावित समुदाय अझै पनि सडक तथा यातायात सम्पर्कबाट विच्छेद भएको र सडक तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेकाले तत्काल पहुँच पुनःस्थापना गर्न सहयोग गरिएको बताए।
‘यो आपत्कालीन अवस्थामा गरिएको अल्पकालीन सहयोग हो,’ उनले भने, ‘हाम्रो दीर्घकालीन प्राथमिकता राष्ट्रिय निकुञ्जको पुनर्स्थापना, वातावरणीय प्रभाव मूल्याङ्कनलाई थप प्रभावकारी बनाउने तथा दीगो संरक्षण र जलवायु उत्थानशीलता निर्माण गर्नु हो।’
डब्लूडब्लूएफ नेपालले मानिसकेन्द्रित संरक्षण तथा वातावरणीय प्रभाव मूल्याङ्कनमा केन्द्रित भएर काम गर्दै आएको जनाएको छ। पछिल्लो सहयोग भने बाढीबाट प्रभावित समुदायलाई तत्काल राहत तथा पुनःसम्पर्कमा ल्याउने सरकारी प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको हो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण

मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण

मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण...

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह...

महिला हेरचाहको अदृश्य बोझलाई विदेश नीतिमा सम्बोधन गर्नुपर्ने बन्दना रानाको जोड

महिला हेरचाहको अदृश्य बोझलाई विदेश नीतिमा सम्बोधन गर्नुपर्ने बन्दना रानाको जोड

महिला हेरचाहको अदृश्य बोझलाई विदेश नीतिमा सम्बोधन गर्नुपर्ने बन्दना रानाको जोड...

जलवायु संकटमा गुटेरसको चेतावनी : ‘विश्वको छानो भत्किँदैछ’

जलवायु संकटमा गुटेरसको चेतावनी : ‘विश्वको छानो भत्किँदैछ’

जलवायु संकटमा गुटेरसको चेतावनी : ‘विश्वको छानो भत्किँदैछ’...

असोज ९ देखि ११ गतेसम्म देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारीदेखि अति भारी वर्षा

असोज ९ देखि ११ गतेसम्म देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारीदेखि अति भारी वर्षा

असोज ९ देखि ११ गतेसम्म देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारीदेखि अति भारी वर्षा...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्कतर्फ प्रस्थान

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्कतर्फ प्रस्थान

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्कतर्फ प्रस्थान...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्