Tuesday, September 15, 2026 | 5:44 PM

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने


अ+
अ-

काठमाडौं, भदौ ३० । पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक निर्माणको काम निर्धारित समयभित्रै सम्पन्न भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा गरेको घोषणाअनुसार भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन सुरु गरिएको छ भने असोज १ गतेदेखि दुईतर्फी सवारी आवागमन नियमित गरिने भएको छ।
प्रधानमन्त्री शाहले भदौ १७ गते प्रतिनिधिसभामा रसुवाको भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरेका खोज, उद्धार, उपचार र राहत व्यवस्थापनबारे जानकारी दिने क्रममा कृष्णभीरको अवरुद्ध सडक भदौभित्र सञ्चालनमा ल्याइने बताएका थिए। सोही प्रतिबद्धताअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको थियो।
भदौ १० गते आएको भाेटेकाेशी बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल पूर्ण रूपमा भत्काएपछि पृथ्वीराजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो।
सडक पुनः सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकसँग मिलेर चार दिनसम्म द्रुत अध्ययन गरेको थियो। अध्ययनपछि विज्ञहरूले पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्न सुझाव दिएका थिए।
विज्ञहरूको सिफारिसअनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरी पहाडको करिब ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म खनेर नयाँ ट्रयाक निर्माण गरिएको मन्त्रालयले जनाएको छ।
निर्माण कार्यमा प्राविधिकसहित करिब ५० जना जनशक्ति दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर खटिएका थिए। काम सुरु भएको दशौं दिन अर्थात् भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारी साधन परीक्षणका रूपमा सञ्चालन गरिएका छन्। त्यसयता बिहान र बेलुका अत्यावश्यक सवारीसाधन आवतजावत गरिरहेका छन्।
हाल सडकमा ग्राभेल बिछ्याउने, नाली निर्माण गर्ने तथा थप मजबुत बनाउने काम जारी रहेको छ। भोलिसम्म ग्राभेलको काम सम्पन्न हुने र असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा ल्याइने तयारी गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पीएमओ)का अनुसार कृष्णभीरमा ट्रयाक निर्माण सम्पन्न भएसँगै पृथ्वीराजमार्गको मुख्य अवरोध हटेको छ र देशको प्रमुख सडक सञ्जाल पुनः नियमित हुने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन...

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’...

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र...

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह...

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्