Thursday, September 10, 2026 | 5:20 PM

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै


अ+
अ-

काठमाडौं, भदौ २५। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खुलाउन पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माणको काम तीव्र गतिमा भइरहेको छ। सडक सञ्चालनमा ल्याउन १० वटा मेसिन र ३० जना जनशक्ति परिचालन गरिएको छ।
निर्माण क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले फ्लडलाइट जडान गरिदिएपछि रातिसमेत काम भइरहेको छ। अहिले दैनिक १२ देखि १४ घण्टासम्म निर्माण कार्य भइरहेको जनाइएको छ।
नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो दुवैतर्फ काम भइरहेको छ। पृथ्वी राजमार्गका अन्य पाँच स्थानमा गएको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन गर्ने काम पनि सँगसँगै अघि बढाइएको छ।
कृष्णभीर क्षेत्रमा भदौ १० गतेकाे रसुवाको भाेटेकाेशी बाढीका कारण सडक कमजोर बनेको थियो। त्यसपछि भदौ १४ गते भोटेकोशीमा आएको बाढीले सडक थप भासिएपछि सरकारी टोलीले सोही दिन स्थलगत निरीक्षण गरेको थियो।
त्यसपछि सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए। अध्ययनका क्रममा कृष्णभीरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई प्राथमिकतामा राखिएको थियो।
सरकारले भदौ महिनाभित्रै सडकमा यातायात सञ्चालन गर्ने लक्ष्य राखेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने बताएका थिए।
तर, अहिलेको प्राथमिकता लक्ष्य घोषणा गर्नुभन्दा निर्माणस्थलमा कामलाई तीव्रता दिई सडक सञ्चालनयोग्य बनाउनेतर्फ केन्द्रित रहेको देखिन्छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्