विपद् सूचना तथा गुनासोका लागि अब १२३४ नम्बर सञ्चालनमा


अ+
अ-

काठमाडौं, असार २७ । गृह मन्त्रालयले विपद्सम्बन्धी सूचना, समस्या, गुनासो तथा सुझावका लागि नागरिकले सम्पर्क गर्न सक्ने नयाँ टोल–फ्री नम्बर १२३४ सञ्चालनमा ल्याएको जनाएको छ। यसअघि प्रयोग हुँदै आएको ११४९ नम्बरलाई प्रतिस्थापन गर्दै असार २६ गतेदेखि १२३४ नम्बर कार्यान्वयनमा ल्याइएको मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो।
मन्त्रालयका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीअन्तर्गत नतिजामा आधारित शासकीय व्यवस्थापन (Delivery-Based Governance) लागू गर्ने निर्णयअनुसार देशका ७७ वटै जिल्लाका जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) लाई २४सै घण्टा सञ्चालनमा ल्याइएको छ।
यसअघि विपद्सम्बन्धी सूचना तथा गुनासोका लागि सञ्चालन गरिएको टोल–फ्री नम्बर ११४९ मा आउने सबै फोन केन्द्रीय स्तरबाट मात्रै सम्बोधन हुँदै आएको थियो। नयाँ व्यवस्थाअनुसार १२३४ नम्बरमा आउने फोन सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) मा राउटिङ (Routing) हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ नम्बरमा सम्पर्क गर्दा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (NEOC), सिंहदरबार मा फोन पुग्नेछ। अन्य ७४ जिल्लाबाट गरिने सम्पर्क भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमै पुग्ने व्यवस्था मिलाइएको छ।
यस व्यवस्थाले विपद्का बेला नागरिकले सहज, छिटो र स्थानीय स्तरमै सेवा प्राप्त गर्न सक्ने तथा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने गृह मन्त्रालयको विश्वास छ।
गृह मन्त्रालयले विपद्सम्बन्धी नेपाल सरकारबाट जारी हुने सूचना तथा एसएमएस सन्देशको अनिवार्य पालना गर्न, सतर्क रहन र सुरक्षित रहन सबै नागरिकलाई आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो...

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा...

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्