अबुधाबीको अब्जान क्षेत्रमा घाइते भएका ७ नेपालीमध्ये ६ जना डिस्चार्ज, एक जना खतरामुक्त


अ+
अ-

अबुधाबी, चैत २१ । नेपाली राजदूतावास, अबुधाबीले अब्जान क्षेत्रमा भएको एक घटनामा घाइते भएका ७ जना नेपाली नागरिकहरूको अवस्थाबारे जानकारी सार्वजनिक गरेको छ।

राजदूतावासका अनुसार, उक्त घटनामा घाइते भएका ७ जनामध्ये ६ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी एक जना भने गम्भीर घाइते भएपनि खतरामुक्त अवस्थामा रहेको र उनको उपचार जारी रहेको राजदूतावासले जनाएको छ। ती व्यक्ति छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको राजदूतावासले उल्लेख गरेको छ।

राजदूतावासले सबै घाइते व्यक्तिहरूसँग टेलिफोन तथा ४ जनासँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएको जनाएको छ। आवश्यक सहयोग र समन्वयका लागि राजदूतावास निरन्तर क्रियाशील रहेको र युएई सरकारले उनीहरूको आवश्यक स्वास्थ्य उपचार गरिरहेको समेत जानकारी गराइएको छ।

त्यस्तै, वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै राजदूतावासले संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई युएई सरकारले जारी गरेको सुरक्षासम्बन्धी मार्गदर्शन तथा सूचनाहरूको पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। साथै, आधिकारिक स्रोतबाट प्रकाशित सूचनाहरूमा मात्र विश्वास गर्न र तदनुसार सचेत रहन पनि सबैमा अनुरोध गरिएको छ।

नेपाली राजदूतावास, अबुधाबीले यो जानकारी गराउँदै सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्