चितवन, फागुन १ । मुग्लिङ बजारस्थित होटलहरूमा बालश्रम शोषणमा परेका दुई बालिका र चार बालकलाई संयुक्त अनुगमन टोलीले उद्धार गरेको छ।
उद्धार कार्य श्रम तथा रोजगार कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय चितवन, चाइल्ड हेल्पलाइन १०९८ मकवानपुर, प्रदेश बाल अधिकार समिति तथा इच्छाकामना गाउँपालिका मिलेर गरिएको संयुक्त अनुगमनका क्रममा सम्पन्न भएको हो।
उद्धार गरिएका बालबालिकालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन हेटौंडा ल्याइएको छ। हाल उनीहरू चाइल्ड हेल्पलाइन नेपाल १०९८ मकवानपुरको संरक्षणमा रहेका छन्।
अनुगमन टोलीमा प्रदेश बाल अधिकार समितिका सदस्य मञ्जु बैरागी ठाकुरी, चाइल्ड हेल्पलाइन १०९८ मकवानपुरका प्रबन्धक तथा समितिका सदस्य झबिन्द्र ज्ञवाली, श्रम तथा रोजगार कार्यालयका अनिता रसाइली र शर्मिला राई, इच्छाकामना गाउँपालिकाकी बाल कल्याण अधिकृत पार्वती मगराती तथा क्षेत्रीय प्रहरी कार्यालयका प्रहरीकर्मीहरू सहभागी थिए।
More from NewaTimes
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment