Thursday, November 26, 2026 | 9:00 PM

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता स्वदेशी तथा विदेशीलाई मृत घोषणा गर्न सिफारिस


अ
अ+
अ-

काठमाडौं, मंसिर १० । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ नेपाली र ६२३ विदेशी नागरिकलाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार ९१५ नेपाली र सातवटा विदेशी नियोगबाट प्राप्त विवरणअनुसार यकिन भएका ६२३ विदेशी नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरेको थियो ।
त्यस्तै, विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीमाथि दाबी पेस गर्न प्राधिकरणले दुई चरणमा सात–सात दिनको सूचना प्रकाशन गरेको थियो ।
बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित अन्य तीनवटा महत्वपूर्ण नीतिगत दस्तावेजसमेत स्वीकृत गरेको छ ।
समितिले 'सबैका लागि पूर्वसूचना (अर्ली वार्निङ फर अल) राष्ट्रिय मार्गचित्र २०८३–२०८७' स्वीकृत गरेको छ । उक्त मार्गचित्रले २०८७ सालसम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्‍याउने लक्ष्य राखेको छ । यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनलाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी, बैठकले 'वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३' र त्यसको कार्ययोजना २०८३/८४ देखि २०९१/९२ सम्मका लागि स्वीकृत गरेको छ ।
वायु प्रदूषणबाट उत्पन्न हुने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तयार पारिएको राष्ट्रिय कार्ययोजना २०८३–२०८७ लाई पनि बैठकले स्वीकृति दिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यी नीतिगत दस्तावेजले विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि राष्ट्रिय प्रणालीलाई थप व्यवस्थित र सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा सुधारको खाँचो

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा सुधारको खाँचो

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान: यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा सुधारको खाँचो...

हिमाली जडीबुटी र वनस्पतिको दिगो व्यवस्थापनका लागि क्षेत्रीय सहकार्यमा जोड

हिमाली जडीबुटी र वनस्पतिको दिगो व्यवस्थापनका लागि क्षेत्रीय सहकार्यमा जोड

हिमाली जडीबुटी र वनस्पतिको दिगो व्यवस्थापनका लागि क्षेत्रीय सहकार्यमा जोड...

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी

हिंसाविरुद्धको प्रतिबद्धता पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छ : मन्त्री बादी...

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह

बालबालिकामा लगानी गर्न सरकारलाई सिविनको आग्रह...

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न...

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय...