लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता


अ
अ+
अ-

रौतहट, साउन २७ । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका अझै बेपत्ता छन्।

मंगलबार (साउन २६ गते) लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा देवाही गोनाही नगरपालिका–१ करुनिया बस्ने करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा सात जना प्रहरी, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा पाँच जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा रबर बोर्डसहितको टोली खोजी तथा उद्धारमा परिचालन भएको थियो।

खोजीका क्रममा बुधबार बिहान करिब ७ः३० बजे महमद रमतुलाहको शव घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।

सोही स्थानमा सबनम खातुनको शव पनि फेला परेको थियो। दुवै शव घटनास्थलबाट करिब ५.२ किलोमिटर दक्षिण जिंगडवास्थित लालबकैया खोलाको किनारमा एकआपसमा करिब २०० मिटरको दूरीमा फेला परेको प्रहरीले जनाएको छ।

बेपत्ता रौशन खातुनको भने खोजी कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले खोलामा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्