कवि एवं पत्रकार सुरेश किरणको निधन


अ+
अ-

काठमाडौँ, असार २६ । नेपाल भाषा कवि एवं पत्रकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

कवि एवं पत्रकार मानन्धरलाई हृदयघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो । अस्पताल लगिएको केही समयमै चिकित्सकले निधन भएको घोषणा गरेका थिए । उनी भाषा आयोगका सदस्य पनि हुन् । 

पञ्चायतकालीन समयमा नेपाल भाषाको साहित्य क्षेत्रमा सक्रीय उनी पछि इनाप साप्ताहिकमार्फत् पत्रकारिता क्षेत्रमा सक्रीय हुन थालेका हुन् । विश्वभूमि दैनिक, सन्ध्याटाइम्स दैनिक तथा नेपालभाषा देनिकको सम्पादक भई नेपालभाषाको पत्रकारितामा लामो समय सेवा गरेका छन् । 

नेपाल भाषा र नेवार संस्कृतिबारे लामो समयदेखि लेख्दै आएका छन् । व्यङ्ग्य लेखकका रुपमा पनि चर्चित उनी नेपाल भाषाका आधुनिक कविका रुपमा स्थापित छन् । उनको परिवारमा श्रीमती र दुई छोरा रहेका छन् ।

विभिन्न साहित्यिक तथा भाषिक संघसंस्थासँग आवद्ध रहेका कवि एवं पत्रकार मानन्धरको निधनमा गहिरो शोक व्यक्त गर्दै नेपालभाषा मंकाः खलःले मंगलवार एक शोक वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । यसै गरी श्रद्धाञ्जली व्यक्त गर्नका लागि उनको पार्थिव शरीरलाई बुधबार विजेश्वरीस्थित नेपालभाषा मंकाः खलःको भवनमा बिहान ९ बजेदेखि १२ बजेसम्म राखी शवयात्रा शोभा भगवती, ढल्को, छत्रपाटी, त्यंगः, थायमरु, असं, बालकुमारी, जनबहाः, किलागल, न्यत, त्यंगः, कुलांभुलु, ताम्सीपाखा हुँदै इन्दायणी दिपमा अन्त्येष्टि कृया सम्पन्न गरिने छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भारी वर्षापछि देशभर सडक प्रभावित, बिपी र अरनिको राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध

भारी वर्षापछि देशभर सडक प्रभावित, बिपी र अरनिको राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध

भारी वर्षापछि देशभर सडक प्रभावित, बिपी र अरनिको राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध...

उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन

उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन

उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन...

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना...

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ...

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका...

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्