गोदावरीका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि ‘पत्रकार पदयात्रा’


अ
अ+
अ-

ललितपुर, असार २० – गोदावरी नगरपालिकाका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सम्पादक समाज नेपालको आयोजना तथा गोदावरी नगरपालिकाको समन्वयमा शुक्रबार ‘पत्रकार पदयात्रा’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादक तथा पत्रकारहरूले गोदावरी नगरपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरूको अवलोकन गरेका थिए। टोलीले पाथीभरा मन्दिर, देवीचौर–देउरालीमा नवनिर्मित भ्यू टावर, तीनपाने–मैरे राडार पर्यटकीय क्षेत्र तथा सन् १९९२ सेप्टेम्बर २८ मा भट्टेडाँडामा भएको पाकिस्तानी विमान दुर्घटनास्थलको अवलोकन गरेको थियो।
देवीचौरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले समुदायसँग जोडिएको पत्रकारिताको आवश्यकता औँल्याउँदै अहिले पनि नेपाली पत्रकारिता कार्यक्रममुखी र गतिविधिमुखी समाचारमा बढी केन्द्रित रहेको बताए। समुदायले आफ्नो दैनिकीसँग जोडिएका, तथ्यपरक, सन्तुलित र यथार्थमा आधारित सामग्री अपेक्षा गरिरहेको उल्लेख गर्दै उनले पत्रकारिताले स्थानीय समुदायका आवश्यकता, समस्या, सम्भावना र विकासका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
सम्पादक समाजले पत्रकार र स्थानीय समुदायबीच संवाद विस्तार गर्दै स्थानीय मुद्दालाई राष्ट्रिय बहसमा ल्याउने उद्देश्यले देशका विभिन्न स्थानमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटनको अथाह सम्भावना हुँदाहुँदै पनि गोदावरीका धेरै पक्ष राष्ट्रिय सञ्चारमाध्यममा अपेक्षाअनुसार आउन नसकेको बताए। उनले यस्ता कार्यक्रमले नगरपालिकाका सम्भावना र पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नगर प्रमुख महर्जनले शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासमा नगरपालिकाले उल्लेखनीय काम गरिरहेको जानकारी दिए। उनले विगतमा विद्यार्थी अभाव भएका विद्यालयमा अहिले भवनसमेत नपुग्ने अवस्था सिर्जना भएको, जिल्ला अस्पताल निर्माण अन्तिम चरणमा पुगेको तथा हाइकिङ, धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनका योजना अघि बढाइएको बताए।
उनका अनुसार गोदावरी नगरपालिका–११, १२, थेचो, झापा गाउँ, बाडेगाउँ, ठैव र लेलेलगायत क्षेत्रमा रहेका सांस्कृतिक सम्पदाको सूचीकरण गरी संरक्षण तथा विकासका काम भइरहेको छ। बाजागाजा, परम्परागत नाच, मठ–मन्दिर, गुठी तथा अन्य ऐतिहासिक संरचनाको संरक्षण, पुनर्निर्माण र प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिएको उनले बताए।
सम्पादक समाज नेपालका अध्यक्ष पुरु रिसालले स्थानीय तह र सञ्चारमाध्यमबीच सहकार्यलाई थप सुदृढ बनाउँदै स्थानीय मुद्दालाई राष्ट्रिय बहसमा स्थापित गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्