हान्टाभाइरस संक्रमणप्रति सतर्क रहन विज्ञहरूको आग्रह


अ
अ+
अ-

काठमाडौं, वैशाख २८ । पछिल्ला वर्षहरूमा विश्वका विभिन्न देशमा देखापर्दै आएको हान्टाभाइरस संक्रमणप्रति स्वास्थ्य विज्ञहरूले सतर्क रहन आग्रह गरेका छन्। मुसा तथा अन्य कृन्तक जनावरको दिसा, पिसाब र र्‍यालबाट मानिसमा सर्ने यो भाइरस दुर्लभ भए पनि गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताइएको छ।
हाल चर्चामा रहेको हान्टाभाइरस संक्रमण विशेषगरी डच क्रुज जहाज एमभि हाेन्डुसमा देखिएपछि विश्वभर चासो बढेको हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जहाजमा हालसम्म कम्तीमा ६ पुष्टि र केही शंकास्पद संक्रमण देखिएका छन् भने ३ जनाको मृत्यु भएको छ।
यो जहाज अर्जेन्टिनाबाट यात्रा सुरु गरेर दक्षिण एटलान्टिक हुँदै केप भर्डे र स्पेनतर्फ गइरहेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार संक्रमणको स्रोत अर्जेन्टिनाको क्षेत्रमा भएको हुनसक्ने अनुमान गरिएको छ।
अहिलेसम्म संक्रमण जहाजभित्र केन्द्रित देखिए पनि यात्रुहरू विभिन्न देश फर्किएकाले अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, आयरल्याण्ड, सिंगापुरलगायत कम्तीमा १२ देशले निगरानी र कन्ट्याक्ट ट्रेसिङ गरिरहेकाे द इन्डिपेन्डेन्टले जनाएको छ।
विश्व स्वास्थ्य संगठन र विभिन्न स्वास्थ्य निकायहरूले अहिलेको अवस्थालाई “विश्वव्यापी महामारीको जोखिम कम” भएको बताएका छन्। किनकि यो भाइरस सामान्यतया मुसा वा कृन्तक जनावरबाट सर्छ, मानिसबाट मानिसमा सजिलै फैलिने रोग होइन। तर एन्डेस स्ट्रेन नामक प्रकारमा नजिकको सम्पर्कबाट सीमित मानव-मानव संक्रमण हुनसक्ने राेयटर्सले जनाएको छ।
नेपालका लागि मुख्य चुनौती भनेको जनचेतना र सरसफाइ हो। स्वास्थ्य विज्ञहरूका अनुसार नेपालमा तत्काल ठूलो जोखिम नदेखिए पनि सतर्कता आवश्यक छ। विशेषगरी ग्रामीण क्षेत्र, खाद्यान्न गोदाम, पुराना घर, होटल तथा लामो समय बन्द कोठामा मुसाको फोहोर वा पिसाब सुक्दा भाइरस हावामा मिसिन सक्छ।
हामीले अपनाउनुपर्ने मुख्य सावधानीमा
घर तथा गोदाम सफा गर्दा मास्क र पञ्जा प्रयोग गर्ने, मुसाको दिसा–पिसाब सिधै कुचाे नलगाई डिसइन्फेक्टेन्ट प्रयोग गर्ने, खाद्यान्न खुला नराख्ने, मुसा नियन्त्रण र फोहोर व्यवस्थापनमा ध्यान दिने, ज्वरो, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लक्षण देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउने गर्नु पर्छ ।
विश्वमै यात्रुहरू फैलिएर विदेशबाट आएका यात्रुमा असामान्य लक्षण देखिए निगरानी बढाउने विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय निकायहरूले अहिले यात्रु निगरानी, क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दिएका छन्। विशेषज्ञहरूका अनुसार सतर्कता अपनाएमा संक्रमण नियन्त्रण सम्भव छ र हालसम्म यो काेविड-१९ जस्तो तीव्र महामारी बन्ने संकेत देखिएको छैन।

भाइरस शरीरमा प्रवेश गरेपछि ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, थकान, बान्ता तथा श्वासप्रश्वासमा समस्या देखिन सक्छ। गम्भीर अवस्थामा फोक्सोमा असर पुगेर बिरामीको अवस्था जटिल बन्न सक्ने चिकित्सकहरू बताउँछन्।
विश्व स्वास्थ्य क्षेत्रका अध्ययनअनुसार हान्टाभाइरस पल्माेनरी सिन्ड्रम यस भाइरसबाट हुने मुख्य रोग हाे। अमेरिकातर्फ फोक्सोसम्बन्धी समस्या बढी देखिने गरेको छ भने एसियाली तथा युरोपेली क्षेत्रमा मिर्गौलासम्बन्धी असर बढी देखिने गरिएको जनाइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्