१६ बैशाख २०८३, बुधबार

प्रतिनिधि सभा निर्वाचन २०८२: सुरक्षा व्यवस्था कडा, मतदानका दिन सवारी सञ्चालनमा रोक


अ+
अ-

काठमाडौं, फागुन १३आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले महत्त्वपूर्ण निर्णयहरू गरेको छ। निर्वाचन सुरक्षा -व्यवस्थापन) निर्देशिका २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा योजनाको समीक्षा तथा सुरक्षा वस्तुस्थितिको आकलन गर्दै विभिन्न निर्देशनहरू जारी गरेको हो।

आयोगका अनुसार नेपाल सरकार, गृह मन्त्रालयलाई पठाइने पत्रमा निम्न व्यवस्थाहरू मिलाउन भनिएको छ:

प्रचारप्रसारमा रोक

फागुन १८ गते राति १२:०० बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध गरिने भएको छ। सो अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायलाई निर्देशन दिनेछ। जिल्ला आचारसंहिता अनुगमन समितिले निषेधित कार्यहरू रोक्ने उल्लंघन भएमा कारबाही गरी आयोगमा जानकारी गराउनेछ।

मादक पदार्थमा प्रतिबन्ध

मतदान मितिभन्दा दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री-वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ।

सवारी साधनमा रोक

मतदानको दिन फागुन २० गते राति १२:०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन), सुरक्षा निकायका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन तथा पास प्राप्त गरेका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ।

हवाई उडान यथावत्

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने यथावत् सञ्चालन हुनेछन्। उडानका लागि टिकट भएका यात्रुहरूले विमानस्थलदेखि घर/होटलसम्म घर/होटलदेखि विमानस्थलसम्म निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न पाउनेछन्।

सीमा नाका बन्द

निर्वाचन मितिभन्दा ७२ घण्टा अगाडिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ।

मतदानका लागि आवश्यक कागजात

मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्र मध्ये कुनै एउटा कागजात साथमा लिएर जानुपर्ने व्यवस्था गरिएको छ।

सवारी पास वितरण

 मतदानको दिन सञ्चालन हुने सवारीसाधनका लागि आयोगको सचिवालय परिसरमा पास वितरण इकाई खडा गरिने भएको छ। उक्त इकाईमा निर्वाचन आयोग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका तर्फबाट दुई/दुई जना कर्मचारी तोकिनेछन्।निर्वाचन आयोगले यी निर्णयहरूको पालना आवश्यक सहजीकरणका लागि सम्पूर्ण सरोकारवालाहरूसँग आग्रह समेत गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना...

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्