३२ असार २०८३, बिहिबार

नेपाल टेलिकम र मौसम विभागबीच पूर्वसूचना सेवा विस्तार गर्न समझदारी नवीकरण

अ+
अ-

काठमाडौं, असार ३० । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाहलाई अझ प्रभावकारी, छरितो र लक्षित बनाउने उद्देश्यले समझदारीपत्र (एमओयू) नवीकरण गरिएको छ।
मंगलबार सम्पन्न समझदारीअनुसार बाढी, आकस्मिक बाढी, भारी वर्षा, हिमताल विष्फोट (जिएलओएफ), हावाहुरी, शीतलहर तथा तातो हावाको लहरलगायत विभिन्न जल तथा मौसमजन्य विपद्को अनुगमन गरी प्रभावित क्षेत्रका नेपाल टेलिकमका मोबाइल प्रयोगकर्तासम्म स्थानविशेष ( लाेकेशन वेस्ड, पाेलिगन वेस्ड ) एसएमएसमार्फत समयमै पूर्वसूचना पठाउने कार्यलाई निरन्तरता दिइनेछ।
विभागका अनुसार विपद् आउनुअघि सही सूचना सही समयमा सही व्यक्तिसम्म पुर्‍याउनु नै जनधनको क्षति न्यूनीकरण गर्ने सबैभन्दा प्रभावकारी उपाय हो। यस समझदारीले संयुक्त राष्ट्रसंघको "अर्लि वार्निङ फर अल " अभियानलाई नेपालमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।
विभागले समयमै प्राप्त पूर्वसूचनाले सुरक्षित जीवन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नागरिकलाई विपद् सम्बन्धी पूर्वसूचनाप्रति सचेत रहन आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको छ, होटल व्यवसायीको चिन्ता हट्छ : प्रधानमन्त्री

पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको छ, होटल व्यवसायीको चिन्ता हट्छ : प्रधानमन्त्री

पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको छ, होटल व्यवसायीको चिन्ता हट्छ : प्रधानमन्त्री...

नेपाल आयल निगमले भाेलिदेखि  १४.२ केजी सिलिन्डरमा पनि ग्यास दिने

नेपाल आयल निगमले भाेलिदेखि १४.२ केजी सिलिन्डरमा पनि ग्यास दिने

नेपाल आयल निगमले भाेलिदेखि १४.२ केजी सिलिन्डरमा पनि ग्यास दिने...

विद्यालयमा विद्यार्थीमाथि कुटपिटको घटनाप्रति राष्ट्रिय बाल अधिकार परिषद्को गम्भीर ध्यानाकर्षण

विद्यालयमा विद्यार्थीमाथि कुटपिटको घटनाप्रति राष्ट्रिय बाल अधिकार परिषद्को गम्भीर ध्यानाकर्षण

विद्यालयमा विद्यार्थीमाथि कुटपिटको घटनाप्रति राष्ट्रिय बाल अधिकार परिषद्को गम्भीर ध्यानाकर्षण...

विश्वविद्यालयका उपकुलपतिहरूलाई सात दिनभित्र सुधार योजना पेस गर्न प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयका उपकुलपतिहरूलाई सात दिनभित्र सुधार योजना पेस गर्न प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयका उपकुलपतिहरूलाई सात दिनभित्र सुधार योजना पेस गर्न प्रधानमन्त्रीको निर्देशन...

खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने

खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने

विपद् उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्टिङ निःशुल्क उपलब्ध गराउने समझदारी...

२४ घण्टामा चितवनमा सबैभन्दा धेरै ३१९.८ मिमी वर्षा

२४ घण्टामा चितवनमा सबैभन्दा धेरै ३१९.८ मिमी वर्षा

२४ घण्टामा चितवनमा सबैभन्दा धेरै ३१९.८ मिमी वर्षा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्