१६ बैशाख २०८३, बुधबार

घरघरमै स्वास्थ्य सेवा प्रभावकारी बन्दै


अ+
अ-

काठमाडौं, फागुन असक्त भएर स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको असक्त हुँदा महानगरपालिकाको सेवाज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा कार्यक्रमले अशक्तका लागि स्थानीय सरकारको महत्त्व के हुँदाे रहेछ भन्ने कुराकाे महसुस गराउँदै

महानगरले केही समयअघि लागू गरेकाे तथा घरघरमै पुगेर आधारभूत स्वास्थ्य परीक्षण, परामर्श उपचार सेवा दिन थालेपछि हालसम्म ४५२ जना ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। सेवा प्रदानसँगै संकलन गरिएको तथ्यांकले भने ज्येष्ठ नागरिकमा दीर्घरोगको उच्च भार रहेको देखाएको छ।

महानगरका अनुसार सेवा लिनेहरूमध्ये ३०२ जना महिला १५० जना पुरुष छन्। अर्थात् करिब दुई तिहाइ लाभग्राही महिला छन्। ज्येष्ठ उमेरमा महिलाको औसत आयु बढी हुनु स्वास्थ्य सेवामा पहुँचका संरचनात्मक चुनौतीका कारण महिलाको संख्या बढी देखिएको विश्लेषण गरिएको छ।Dropped image

काठमाडौं महानगरपालिकाकाे तथ्यांकले स्वास्थ्य अवस्थालाईजोन सिस्टम अनुसार वर्गीकरण गर्दा ११ जना गम्भीर अवस्थाका (रेड जोन) भेटिएका छन् भने २०८ जना मध्यम जोखिम (येल्लो जोन) मा छन्। २३३ जना सामान्य अवस्थाका (ग्रीन जोन) भए पनि रेड येल्लो जोनमा पर्नेको संख्या जोड्दा करिब ४८ प्रतिशत ज्येष्ठ नागरिक कुनै कुनै जोखिममा रहेको देखिन्छ। यसले नियमित अनुगमन फलोअप सेवालाई अझ सुदृढ गर्नुपर्ने संकेत गरेको छ।

परिवारसँग बस्ने धेरै, तर एक्ला पनि छन्

सामाजिक अवस्थातर्फ हेर्दा ४२३ जना ज्येष्ठ नागरिकपरिवारसँगै बसिरहेका छन्। २२ जना एक्लै बस्ने जना आफन्त वा सहयोगीसँग आश्रित रहेको तथ्यांकले देखाएको छ। संख्यात्मक रूपमा सानो देखिए पनि एक्लै बस्ने समूह स्वास्थ्य मानसिक दुवै हिसाबले संवेदनशील हुने भएकाले उनीहरूलाई लक्षित विशेष निगरानी आवश्यक देखिन्छ। तथापि अनुमान गरिएजस्ताे ज्येष्ठ धेरै एक्लै भने नपरेकाे तथ्यांकले उजागर गरेकाे

आर्थिक बीमा पहुँच चुनौतीपूर्ण

काठमाडौं महानगरपालिकाकाे तथ्यांकले सर्वेक्षणमा ५८ जना ज्येष्ठ नागरिक कमजोर आर्थिक अवस्थाका भेटिएका छन्, जसलाई नियमित औषधोपचार गर्न कठिन हुने देखिएको छ। त्यस्तै ११३ जना स्वास्थ्य बीमाबाट बाहिर छन्। करिब चौथाइ ज्येष्ठ नागरिक बीमाबिहीन हुनु दीर्घकालीन उपचार खर्चका दृष्टिले चिन्ताजनक मानिएको छ। यसले बीमा कार्यक्रममा लक्षित दर्ता अभियान चलाउनुपर्ने आवश्यकता औंल्याएको छ।

यस्तै, शारीरिक अवस्थाको विवरणले सेवा कार्यक्रमको औचित्य झन् प्रस्ट पारेको छ। १११ जना ज्येष्ठ नागरिक पूर्ण रूपमा ओछ्यानमा आश्रित छन्। १४ जनामा ओछ्यानमा बस्दा हुने घाउ (बेड सोर) भेटिएको , जसमध्ये अधिकांश प्रारम्भिक चरणका भए पनि केही जटिल अवस्थामा छन्। जना नाजोग्यास्ट्रिक ट्युबमार्फत आहार लिइरहेका छन् भने १६ जनामा क्याथेटर प्रयोग भइरहेको छ। यसले घरमै नियमित स्वास्थ्य सेवा हेरचाह परामर्शको आवश्यकता पुष्टि गर्छ।

उच्च रक्तचाप मधुमेह व्यापक

काठमाडौं महानगरपालिकाकाे संकलित तथ्यांकअनुसार दीर्घरोगको अवस्था उल्लेखनीय छ। ३२० जनामा उच्च रक्तचाप, १६२ जनामा मधुमेह १२७ जनामा मुटुरोग देखिएको छ। दमका बिरामी १११ जना छन् भने ५८ जनाले स्ट्रोक भोगिसकेका छन्। त्यस्तै ३२ जनामा डिमेन्सिया, जनामा पार्किन्सन्स ४८ जनामा थाइराइड समस्या रहेको छ।

विशेषज्ञहरूका अनुसार यी तथ्यांकले काठमाडौंका ज्येष्ठ नागरिकमा नसर्ने रोग (NCDs) को उच्च भार रहेको देखाउँछ। नियमित औषधि सेवन, जीवनशैली व्यवस्थापन निरन्तर निगरानी बिना जटिलता बढ्ने जोखिम उच्च रहने भएकाले घरमै सेवा कार्यक्रम प्रभावकारी हस्तक्षेपका रूपमा देखिएको छ।

नीति कार्यक्रमका लागि संकेत

महानगरको पहलले स्वास्थ्य संस्थामा पुग्न नसक्ने समूहलाई आधारभूत सेवा उपलब्ध गराएको छ। तर तथ्यांकले केही स्पष्ट सन्देश पनि दिएको दीर्घरोग नियन्त्रणमा विशेष कार्यक्रम, स्वास्थ्य बीमा विस्तार, परिवारका सदस्यलाई हेरचाहसम्बन्धी तालिम, एक्लै बस्ने ज्येष्ठ नागरिकका लागि लक्षित सामाजिक सुरक्षा प्रणाली अपरिहार्य देखिन्छ।

घरमै पुगेर सेवा दिने यो मोडेलले शहरी स्वास्थ्य व्यवस्थापनमा नयाँ अभ्यासको सुरुआत गरेको हाे। "शहरमा सबैलाई पुगेकै हुन्छ" भन्ने सतही संकुचित मानसिकताभन्दा पर रहेर साेच्ने हाे भने ज्येष्ठ नागरिकको सम्मान स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो कार्यक्रम दीर्घकालीन रूपमा विस्तार संस्थागत गर्न सके महानगरको सामाजिक उत्तरदायित्व अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

याे कार्यक्रमलाई लिएर सामाजिक सञ्जालका केही प्रश्न उठाईएतापनि आफ्नो स्थानीय जनताकाे आधारभूत स्वास्थकाे आवश्यकतालाई सम्बाेधन गर्न सहज हुने हुँदा देशका सबै स्थानीय नियकले याे कार्यक्रमकाे अनुशरण गर्दा राम्रो हुन्छ

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना...

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्