४ जेठ २०८३, सोमबार

कंगाेमा इबाेला महामारी, ८० भन्दा बढीको मृत्युु


अ+
अ-

काठमाडौं, जेठ ३ । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार देशका विभिन्न प्रभावित क्षेत्रमा इबोला संक्रमण तीव्र रूपमा फैलिरहेको छ ।
हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन । यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ। प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको छ । प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ ।
संक्रमितमध्ये धेरैजसो दुर्गम क्षेत्रमा रहेका कारण उपचार तथा नियन्त्रण कार्य चुनौतीपूर्ण बनेको बताइएको छ । स्वास्थ्यकर्मीको अभाव, कमजोर स्वास्थ्य पूर्वाधार तथा जनचेतनाको कमीले अवस्था अझ जटिल बनाएको अन्तर्राष्ट्रिय निकायहरूको भनाइ छ ।
डब्लुएचओले इबोलाको संक्रमण सीमापार फैलिन सक्ने जोखिम उच्च रहेको भन्दै विश्व समुदायलाई सतर्क रहन आग्रह गरेको छ । रोग नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य टोली परिचालन, संक्रमितको निगरानी, परीक्षण तथा खोप अभियानलाई तीव्र बनाइएको जनाइएको छ ।
इबोला एक अत्यन्त घातक भाइरल रोग हो, जसले संक्रमित व्यक्तिमा उच्च ज्वरो, कमजोरी, बान्ता, पखाला तथा शरीरबाट रक्तश्राव हुने जस्ता लक्षण देखापर्छन् । यो रोग संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कबाट सर्ने गर्दछ । समयमै उपचार नपाए मृत्युदर उच्च हुने चिकित्सकहरू बताउँछन् ।
विशेषज्ञहरूले अफ्रिकी मुलुकहरूमा स्वास्थ्य सुरक्षा प्रणाली सुदृढ बनाउन तथा अन्तर्राष्ट्रिय समन्वय बढाउन आवश्यक रहेको बताएका छन् । साथै सर्वसाधारणलाई स्वास्थ्य सावधानी अपनाउन, संक्रमित क्षेत्रको यात्रा गर्दा सतर्क रहन तथा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने प्रवृत्तिविरुद्ध कडा चेतावनी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने प्रवृत्तिविरुद्ध कडा चेतावनी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने प्रवृत्तिविरुद्ध कडा चेतावनी...

बीबी फुँयालको 'तामाकोशी सललल' को सार्वजनिकीकरण तथा लोक गायक कुमार बस्नेतको अभिनन्दन

बीबी फुँयालको 'तामाकोशी सललल' को सार्वजनिकीकरण तथा लोक गायक कुमार बस्नेतको अभिनन्दन

  ⠿ drag काठमाडौं, जेठ १ । दोलखा जिल्लाका पर्यटकीय आकर्षणहरुलाई उजागर गर्ने......

उपभोक्ता अदालतद्वारा ‘विषादीयुक्त चामल’ मुद्दा दर्ताको आदेश, दरपीठ उल्टियो

उपभोक्ता अदालतद्वारा ‘विषादीयुक्त चामल’ मुद्दा दर्ताको आदेश, दरपीठ उल्टियो

उपभोक्ता अदालतद्वारा ‘विषादीयुक्त चामल’ मुद्दा दर्ताको आदेश, दरपीठ उल्टियो...

जेन–जी आन्दोलनका प्रतिनिधिले ‘संविधान बहस’ को निम्तो अस्वीकार गर्दै ६ बुँदे माग अघि सारे

जेन–जी आन्दोलनका प्रतिनिधिले ‘संविधान बहस’ को निम्तो अस्वीकार गर्दै ६ बुँदे माग अघि सारे

जेन–जी आन्दोलनका प्रतिनिधिले ‘संविधान बहस’ को निम्तो अस्वीकार गर्दै ६ बुँदे माग अघि सारे...

पूर्व गृहमन्त्री सुधन गुरुङ्ग सम्बन्धी विषय छानबिन गर्न समिति गठन

पूर्व गृहमन्त्री सुधन गुरुङ्ग सम्बन्धी विषय छानबिन गर्न समिति गठन

पूर्व गृहमन्त्री सुधन गुरुङ्ग सम्बन्धी विषय छानबिन गर्न समिति गठन...

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्