२९ जेठ २०८३, शुक्रबार

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन


अ+
अ-

सुर्खेत, जेठ २८ । कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायबीच समन्वय, सहकार्य र साझेदारीलाई प्रभावकारी बनाउने उद्देश्यले ‘विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च’ गठन गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, सुर्खेतका सचिव लक्ष्मी कुमार विकको अध्यक्षतामा नौवटा विषयगत समूहका संयोजक तथा डीपीनेट कर्णाली प्रदेशका संयोजक सदस्य–सचिव रहने गरी कार्यमञ्च गठन गरिएको हो।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव बिरेन्द्र कुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला, सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव रोशनी कुमारी श्रेष्ठ, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रदेश सचिव इन्जिनियर अर्जुन कुमार बमलगायत विभिन्न मन्त्रालय तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत आयोजित अन्तरक्रियामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विपद् सम्पर्क व्यक्ति तथा उपसचिव उत्तम गौतमले कार्यमञ्चको उद्देश्य र कर्णाली प्रदेशको वर्तमान विपद् जोखिम तथा व्यवस्थापन अवस्थाबारे प्रस्तुति दिएका थिए।
त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव गोमादेवी ढकाल पौडेलले प्राधिकरणद्वारा सञ्चालन गरिएका प्रमुख गतिविधि तथा उपलब्धिबारे जानकारी गराएकी थिइन्।
डीपीनेट नेपालका अध्यक्ष डा. बसन्त अधिकारीले नवगठित कार्यमञ्चको भूमिका, जिम्मेवारी तथा आगामी कार्यदिशाका विषयमा प्रस्तुति दिएका थिए। उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा बहुपक्षीय सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउँदै समुदायस्तरमा उत्थानशीलता अभिवृद्धि गर्न कार्यमञ्चले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सरकारी निकाय, सार्वजनिक संस्थान तथा अर्धसरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धानमूलक संस्था, विकास साझेदार तथा संयुक्त राष्ट्रसंघीय निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, सूचना प्रविधि तथा सञ्चार क्षेत्र तथा विपद् प्रभावित समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नवगठित कार्यमञ्चले कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनासम्बन्धी गतिविधिमा समन्वय र सहकार्य अभिवृद्धि गर्दै प्रदेशलाई विपद् उत्थानशील बनाउने लक्ष्य लिएको जनाइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह...

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे...

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्