डिमानको शान्ति र सहअस्तित्वका लागि अपिल


अ+
अ-

ललितपुर, असाेज ११ । राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान) केन्द्रीय समितिको सल्लाहकार समिति र कार्यसमितिको संयुक्त भर्चुअल बैठकले हालैका राजनीतिक तथा सामाजिक घटनाक्रमबारे गहन छलफल गरी विभिन्न निर्णय गरेको छ।

अध्यक्ष सूर्य बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले भदौ २३ र २४ गतेको जेनजी विद्रोहमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। आन्दोलनका क्रममा सार्वजनिक, निजी तथा राष्ट्रिय सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटप्रति बैठकले गम्भीर चिन्ता व्यक्त गरेको छ।

बैठकले कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हातहतियारका कारण समाजमा सिर्जित त्रासप्रति चिन्ता व्यक्त गर्दै नागरिकको स्वतन्त्रतापूर्वक बाँच्ने मौलिक अधिकारमा हनन भएको ठहर गरेको छ। साथै, सरकारले गठन गरेको छानबिन समितिमार्फत यथार्थ तथ्य सार्वजनिक गर्न र अपराधजन्य गतिविधिमा संलग्नलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ।

निकटैका चाडपर्व—बडादशैं, तिहार र छठलाई अवसरका रूपमा लिएर आपसी सद्भाव र भाइचारा प्रवर्द्धन गर्न नागरिकमा विशेष अपिल गरिएको छ। डिमानमा आबद्ध ९६ सदस्य संस्थाहरूलाई पीडित नागरिकको मनोवैज्ञानिक त्रास कम गर्न, सामान्य जीवनमा फर्काउन तथा सहजीकरण गर्न आग्रह गरिएको छ।

मानवसिर्जित विपत्तिका रूपमा हालैका घटनालाई लिँदै बैठकले अफवाहबाट बच्न र आधिकारिक तथ्यमा आधारित धारणा बनाउन आग्रह गरेको छ। साथै, संवेदनशील परिस्थितिमा शान्ति र अमनचैन कायम राख्न, मानसिक रूपमा विचलित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन तथा सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्न प्रतिबद्धता जनाएको छ।

बैठकका थप निर्णयहरूमा लोकतन्त्र, सुशासन, जवाफदेहिता र नागरिक अधिकारबारे निरन्तर बहस गर्ने, आन्दोलनलाई शान्तिपूर्ण बनाउन आह्वान गर्ने, युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, सत्य सूचना र मेलमिलापको सन्देश प्रवाहमा मिडियासँग साझेदारी गर्ने, र विपद् जोखिम न्यूनीकरणलाई विकास निर्माणमा मूल प्रवाहिकरण गर्ने प्रतिवद्धता समावेश छन्।

यस्तै, देशभर भइरहेको पहिरोका कारण नागरिकको यात्रा कष्टकर भएको भन्दै बैठकले सडक मर्मत, पहिरो नियन्त्रण र यातायात सुरक्षित बनाउन सरकारसँग अनुरोध गरेको छ। साथै, अत्यावश्यकबाहेक यात्रामा अनावश्यक जोखिम नलिन नागरिकलाई अपिल गरिएको छ।

बैठकले राष्ट्र निर्माण, भ्रष्टाचारमुक्त समाज, शान्ति, पारदर्शिता र सामाजिक सद्भावका लागि सबै नेपालीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्