Tuesday, September 1, 2026 | 11:24 AM

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या


अ+
अ-

काठमाडौं, भदाै १६ । बाढी, पहिरो तथा सम्भावित बाढीको जोखिमका कारण उपत्यका तथा बागमती प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्गका खण्डहरूमा यातायात प्रभावित भएको छ।
आज २०८३ भदौ १६ गते बिहान ७ बजेसम्मको विवरणअनुसार ललितपुर, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध तथा सवारी सञ्चालनमा रोक लगाइएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित कान्ति लोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकमा भदौ १४ गते साँझ ४ः३० बजेदेखि यातायात प्रभावित भएको हो।
काभ्रेमा खुर्कोट–नेपालथोक–काटुञ्जेबेँसी सडकखण्डअन्तर्गत बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। भदौ १५ गते साँझ ६ बजेदेखि भदौ १६ गते बिहान ८ बजेसम्मका लागि रोक लगाइएको र त्यसपछि परिस्थितिको अवस्था हेरेर सवारी सञ्चालन गर्न सकिने जनाइएको छ।
रसुवामा भने बाढीका कारण सडकको अवस्था गम्भीर बनेको छ। उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड भदौ १६ गते बिहान ८ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै मुख्य राजमार्गका विभिन्न खण्डसमेत बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ। ती सडकमा अर्को सूचना नभएसम्म यातायात सञ्चालन गर्न नसकिने अवस्था रहेको छ।
नुवाकोटमा पनि बाढी तथा पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। शिवपुरी गाउँपालिका–४ धादेखोलास्थित टोखा–छहरे सडकखण्ड पहिरो तथा सम्भावित बाढीको जोखिमका कारण भदौ १५ गते राति १० बजेदेखि भदौ १६ गते बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो।
त्यस्तै, विदुर नगरपालिका–१० सिमटारस्थित पासाङल्हामु सडकखण्ड बाढीका कारण प्रभावित भएको छ।
धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ को कृष्णभीर र गजुरी गाउँपालिका–२ को परेवाभीर क्षेत्रमा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। कृष्णभीरमा भदौ १४ गते बिहान ८ बजेदेखि र परेवा भीरमा सोही दिन दिउँसो १२ बजेदेखि सडक अवरुद्ध भएको विवरणमा उल्लेख छ।
लगातारको वर्षा, बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले सम्बन्धित निकायले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्