काठमाडौं, भदाै १९ । नेपालमा दर्ता नभएका डिजिटल प्लेटफर्मलाई निष्क्रिय पार्ने सरकारी तयारीबीच ‘हाम्रो पात्रो’ले दर्ता प्रक्रिया सुरु गरेको छ। कम्पनीले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आजै दर्ताका लागि औपचारिक निवेदन दिएको छ।
यस्तै, नेपाल सरकारले सामाजिक सञ्जाल कम्पनी फेसबुककाे मातृ कम्पनी मेटालाई पनि नेपालमा दर्ता गर्न सूचना प्रकाशन गरेबमोजिम मन्त्रालयले दर्ताका लागि आवश्यक विवरणको सूची मेटालाई पठाइसकेको जनाएको छ।
यसैबीच, मन्त्रालयले आजै सार्वजनिक सूचना जारी गरी नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मले दर्ता गरेमा तत्क्षण सक्रिय गर्न र दर्ता नगरेका सामाजिक सञ्जाललाई निष्कृय तुल्याउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकाे छ।
सरकारको निर्णयअनुसार नेपालमा सेवा सञ्चालन गर्ने कुनै पनि विदेशी वा स्वदेशी सामाजिक सञ्जाल, प्लेटफर्म वा एप्सले अब कानुनी प्रक्रिया पूरा गर्नैपर्नेछ।
सूचना अनुसार, दर्ता प्रक्रिया मन्त्रालयको आधिकारिक वेबपोर्टलमार्फत वा मन्त्रालयमा सम्पर्क गरी गर्न सकिने छ।
मेगु पोस्त: नेवाः टाइम्स
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment