आज कहाँ कस्ताे माैसम हुन्छ ?


अ+
अ-

काठमाडौं, भदाै ४। जल तथा मौसम विज्ञान विज्ञान विभागले आगामी २४ घण्टामा देशका विभिन्न भागमा भारी वर्षा ने पूर्वानुमान जारी गरेको छ। विभागले विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका क्षेत्रमा मध्यमदेखि भारी वर्षा (५० देखि १०० मिलिमिटर) हुने सम्भावना रहेको जनाएको छ। यसले गर्दा स्थानीय रूपमा भूस्खलन र खोल्साहरूमा पानी बढ्न सक्ने विभागले बताएको छ।

विभागको पूर्वानुमान अनुसार बागमती प्रदेश (काठमाडौं सहित) स्थानीय स्तरमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा मेघगर्जन वर्षा हुने सम्भावना छ।

प्रदेश नं. १ र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा/हुस्सुको सम्भावना छ। सामान्यतया मौसम खुल्ला रहने देखिन्छ।

विभागले कर्णाली प्रदेशमा केही स्थानमा हल्का वर्षा हुने जनाएको छ भने सुदूरपश्चिम प्रदेशमा पनि मेघगर्जन सहितकाे भारी वर्षा (५० देखि १०० मिलिमिटर) हुने र त्यसको प्रभावबाट भूस्खलन हुने खतरा रहेको जनाएको छ।

विभागले पूर्वानुमान जारी गर्दै सामान्य जनतालाई आवश्यक नभएमा यात्रा नगर्न, खुला मैदानमा नबस्न र चट्याङ पर्दादा सुरक्षित ठाउँमा बस्न सुझाव दिएको छ। साथै, पहाडी तथा तराईका नदीनालाका नजिकै रहेका बासिन्दाहरूलाई सचेत रहन र बाढीको स्थितिमा सुरक्षित ठाउँमा जान अपील गरेको छ।

यातायात सेवा प्रदायकहरूलाई पनि आवश्यक सावधानी अपनाउन विभागले सिफारिस गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्