Monday, September 14, 2026 | 11:38 PM

अशोक मान सिंह: रंग र सिर्जनाको बहुमुखी यात्रामा


अ+
अ-

तानसेन, पाल्पामा जन्मिएका अशोक मान सिंह नेपालको समकालीन कला क्षेत्रमा एक स्थापित र सम्मानित नाम हो । स्व–अध्ययनमार्फत चित्रकला सिक्दै आफ्नो कलात्मक यात्रा सुरु गरेका सिंहले पछिल्ला दशकहरूमा कला, डिजाइन, लेखन र फोटोग्राफीका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् ।

कलाकार मात्र नभई लेखकको रूपमा पनि चिनिने सिंहका ‘पाटाचारा’ (उपन्यास), ‘नेपालको भौगोलिक आयामिक दृश्यचित्र’ र ‘रंग’ शीर्षकका पुस्तकहरू प्रकाशित छन् । यी कृतिहरूमा उनले नेपाली समाज, संस्कृति र कलाको रंगीन विविधतालाई सिर्जनात्मक ढंगले प्रस्तुत गरेका छन् ।

सिंह डिजाइन, मुद्रण, प्रकाशन र फोटोग्राफीमा पनि दक्ष छन् । कामना तथा नेपाल समाचार पत्रमा लामो समय डिजाइन, मुद्रण, प्रकाशन तथा व्यवस्थापकीय जिम्मेवारीमा समेत समय बिताएका अशोक हिजोआज काल शिक्षण क्षेत्रमा व्यस्त छन् । कामना प्रकाशन गृहमा रहेर २०४१ सालदेखि कामना पत्रिका मार्फत गाइजात्रा विशेषांकका लागि तयारी गर्न दुई तीन महिना अगाडिदेखि लाग्ने गरेको संस्मरण गर्दै अशोक भन्छन्, ‘त्यतिबेला त दशैंमा कामको चटारो भएजस्तै भ्याइनभ्याई हुन्थ्यो । त्यतिबेला दिनरात काम गर्नुपर्थ्यो । तर नवप्रवेशी कार्टुनिष्टहरूको सहयोगमा काम हुन्थ्यो ।’ पत्रिका तयारीको लागि २०४१ सालदेखि काम गरे पनि २०४२ सालमा मात्र कामना दर्ता भएको थियो ।

नेपाल समाचार पत्र र महानगर उनकै नाममा दर्ता भएकोले पनि उनले डिजाइन, मुद्रण, प्रकाशन सबै हेर्दा कलाकारको कलाले फक्रने मौका पाएन । प्रकाशकको जिम्मेवारी भएकोले ब्यवस्थापनको काम गर्दा त झन उनको कलाकारिता खुम्चिने मात्र होइन, तनाब बढ्न थाल्यो । त्यसपछि उनले कामना प्रकाशन गृह नै छोडे । त्यसपछि लिटिल एञ्जलस स्कूलको प्रकाशन विभाग हेर्ने गरी गए । त्यहाँ पनि प्रकाशनको व्यवस्थापकीय काम जोडिन थालेपछि कलाकारिता ओझेलमा परेको ठानी काठमााडौं युनिभर्सिटी, आर्ट शंकाय तिर गए । यस्तै, सिर्जना कलेजमा पनि पढाए । दुईतिर पढाउँदा गाह्रो भएकोले त्यहाँ पनि नियमित शिक्षण छोडे । शिक्षण क्षेत्रमा सक्रिय सिंह काठमाडौँ विश्वविद्यालयको सेन्टर फर आर्ट एण्ड डिजाइन र सिर्जना कलेज अफ फाइन आट्र्समा आगन्तुक प्राध्यापकको रूपमा आवद्ध छन् ।

पढाई बाहेक कलाकारिताको काम घरमैं गर्दै आएका अशोकले थापाथलीमा कर्भस् एण्ड कलर्स आर्ट ग्यालरीलाई पनि अगाडि बढाउँदै आएका छन् । उनले कर्भस् एण्ड कलर्सको संस्थापक टोलीमा रहेर कला र डिजाइनको क्षेत्रमा नयाँ पुस्तालाई प्रेरित गर्दै आएका छन् ।

उनी नेपाल तथा विदेशका विभिन्न एकल तथा समूह प्रदर्शनीहरूमा सक्रिय रूपमा सहभागी रहँदै आएका छन् । नेपाल कार्टुनिष्ट क्लबका संस्थापक सदस्यसमेत रहेका उनले संस्थाको संस्थागत विकास गर्दै पुरानालाई एकत्रित गर्दै अगाडि बढाउने र नयाँलाई प्रोत्साहन गर्दै अगाडि बढाउँदै लग्ने क्रममा साउन २६ गते बराथा सम्मान प्राप्त गरेका छन् ।

हालै, नेपाल कला परिषद्ले प्रकाशन गरेको उनको “ग्राफिक सञ्चार” पुस्तकले नेपालको कला र ग्राफिक डिजाइनको इतिहास, विकास र उनको व्यक्तिगत अनुभवलाई समेटेको छ । ३३२ पृष्ठको यो पुस्तकले नेपाली कलाको अभिलेखीकरण र अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

अशोक मान सिंहको यात्रा केवल कलाकृति सिर्जनामा सीमित छैन, उनले आफ्नो समय, अनुभव र दृष्टिकोणमार्फत नेपाली कला र साहित्य दुवैको समृद्धिमा निरन्तर योगदान दिइरहेका छन् । उनको काम र विचारले नयाँ पुस्ताका कलाकारहरूलाई निरन्तर प्रेरित गरिरहनेछ ।

हजारौं नयाँ पुस्ताले उनको सीपलाई अंगिकार गर्ने क्रममा उनको परिवार पनि कसरी छुटोस् ? हो, उनको एक मात्र छोरीले पनि बुबाको बिंडो समातेकी छन् । छोरीले बेलायतमा यही कला विषयमा स्नातकोत्तर गरेकी छन् । छोरीले प्रोजेक्ट गर्ने क्रममा रञ्जना लिपिलाई नयाँ डिजाइनमा प्रस्तुत गरेर डिस्टिङ्शन ल्याईन् । यी कुरा भनिरहँदा अशोक प्रफुल्लित देखिन्थे । आफ्‌नो कुरा भनिरहँदा खिन्न देखिएका अशोक छोरीको कुरा गर्दा भने निकै उत्साहित देखिन्थे । उताको वातावरण तथा प्रशिक्षणले छोरीले राम्रो गरेकोमा सन्तुष्ट अशोक भन्छन्, ‘जता बसेर भए पनि आफ्‌नो भाषा, लिपिलाई समृद्ध बनाउन पाए त राम्रै हो ।’

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Amika Rajthala

More from Amika Rajthala

Explore more articles by this author
आजको तीज: भाेटेकाेशी  बाढीले थामेको उत्सवको स्वर

आजको तीज: भाेटेकाेशी बाढीले थामेको उत्सवको स्वर

आजको तीज : बाढीले थामेको उत्सवको स्वर...

Bhotekoshi flood: Endure all the pain in this life

Bhotekoshi flood: Endure all the pain in this life

तिब्बतबाट रसुवा हुँदै गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको खोजी, उत्खनन, बाँचेकाहरूको उद्दार, राहत...

हेपाटाइटिसबाट दक्षिण–पूर्वी एसियामा अझै ५१ लाखभन्दा बढी संक्रमित

हेपाटाइटिसबाट दक्षिण–पूर्वी एसियामा अझै ५१ लाखभन्दा बढी संक्रमित

हेपाटाइटिसबाट दक्षिण–पूर्वी एसियामा अझै ५१ लाखभन्दा बढी संक्रमित...

अब परिवार नियाेजन हाेइन, परिवार योजना

अब परिवार नियाेजन हाेइन, परिवार योजना

परिवार योजना: ‘जनसंख्या नियन्त्रण’बाट ‘अधिकार र समृद्धि’तर्फ...

कलाको भाषामा अन्तर्दृष्टि

कलाको भाषामा अन्तर्दृष्टि

उनका कला हेर्ने दर्शकले आयाताकार अनुहारलाई कलम, कुची वा अन्य केही अनुमान लगाउन सक्छन् तर उनी भन्छिन् "याे मेराे चित्रकला...

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्