१ श्रावण २०८३, शुक्रबार

गाैरीशंकर हिमाल क्षेत्रमा हिमपहिरो, ५ विदेशी र २ नेपालीको मृत्यु


अ+
अ-

दोलखा, कार्तिक १८ । दोलेखा जिल्लाको गौरीशंकर गाउँपालिका–९ मा अवस्थित येलुङ रि हिमाल (उचाइ ५६३० मिटर) आरोहण गर्ने क्रममा हिमपहिरोमा परेर पाँच विदेशी नागरिक र दुई नेपाली गाइडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दोलेखाले जनाएको छ।

प्रशासनका अनुसार कार्तिक १५ गते बिहान करिब साढे १० बजे हिमपहिरो खस्दा विदेशी नागरिक पाँच जना बेपत्ता भएका थिए। उद्धार कार्यपछि उनीहरूको शव फेला पारिएको र पाँच नेपाली नागरिकमध्ये तीन जनालाई घाइते अवस्थामा उद्धार गरिएको जानकारी दिइएको छ।

हिमपहिरोमा परी मृत्यु हुने विदेशी नागरिकहरूमा पाओलाे काेक्काे (इटाली), मार्काे दि मार्सेल्लाे (क्यानडा), म्यान्फ्रेइड क्रिस्टियन आन्द्रे (फ्रान्स), मार्कुस किर्चलेयर (इटाली), र जाबाेब सेरियइबर(जर्मनी) रहेका छन्।

यी पाँचै जना ड्रिमर्स ट्रेक्स र हिमालयन ट्रेक्स् नामक एजेन्सीमार्फत नेपाल आएका पर्वतारोही हुन्।

उक्त दुर्घटनामा ड्रिमर्स ट्रेक्सका नेपाली गाइड पदम तामाङ र हिमालयन ट्रेक्स्का नेपाली गाइड मैते कार्कोकाे पनि मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ।

यसैबीच, हिमपहिरोमा परी घाइते भएका नेपाली नागरिक लाक्पा तामाङ, सुम बहादुर गुरुङ र निमा याङजे शेर्पा उपचाररत छन्। तामाङ र गुरुङलाई गम्भीर चोट लागेको र दोलेखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

फ्रान्सकी तीन महिला पर्वतारोही कार्लाेस् फुच्स्, दिद्दिर अर्माण्ड बेटियाेर र थाेन इजाबेल साेलंगे घाइते भए पनि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार भइरहेको प्रशासनले जनाएको छ।

घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले उद्धार कार्य सम्पन्न गरेको हो। प्रशासनका अनुसार शवलाई दोलेखाबाट हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय दोलेखाका सहायक प्रमुख जिल्ला अधिकारी आैलाब बहादुर आलेका अनुसार, बेपत्ता पर्वतारोहीहरूको शव फेला परेपछि घटनाको विस्तृत विवरण र उद्धार प्रयासबारे मन्त्रालयलाई जानकारी गराइएको छ।

यस घटनाले दोलेखा र आसपासका हिमाली क्षेत्रमा उच्च जोखिममा हुने आरोहण गतिविधिहरूमा सावधानी र सुरक्षा पूर्वतयारी सुदृढ गर्नुपर्ने आवश्यकता पुनः देखाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्