Thursday, September 3, 2026 | 4:44 AM

तराईका २० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम


अ+
अ-

काठमाडौं, कार्तिक १३ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न स्थानमा अचानक बाढी (फ्लाश फ्लड)को जोखिम रहने चेतावनी जारी गरेको छ। आज एक विशेष बुलेटिन जारी गर्दै विभागले चेतावनी दिएकाे हाे ।

विभागले कार्तिक १३ गते बिहानदेखि १४ गते बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशका केही जिल्लामा मध्यमदेखि उच्च जोखिम रहने अनुमान तथा कोशी, मधेश र बागमती प्रदेशका साना–मझौला नदी आसपास सतर्कता अपनाउन अनुरोध गरेको छ।

बाढी र डुबानको सम्भावना

विभागका अनुसार बाढीको जोखिम झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, मकवानपुर, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही र कपिलवस्तु लगायतका जिल्लामा रहने सम्भावना छ।

यी माथिका जिल्लाहरूका साना तथा मझौला नदीहरूमा पानीको बहाव तीव्र रूपमा बढ्न सक्ने, आकस्मिक बाढी आउन सक्ने र स्थानीय बस्ती तथा खेतबारी डुबानमा पर्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले ती क्षेत्रका स्थानीय प्रशासन, सुरक्षाकर्मी र नागरिकलाई सतर्क रहन, नदी किनार नजिक बसोबास गर्नेहरूलाई सुरक्षित स्थानतर्फ सर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

उच्च सतर्कता कायम गर्न सुझाव

विभागले कोशी, मधेश र बागमती प्रदेशका नदीहरूमा बाढी सतर्कता स्तर पार गर्न सक्ने अवस्था रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी बाढी जोखिम भएका बस्तीहरूमा स्थानीय विपद् व्यवस्थापन समिति, प्रहरी र जनप्रतिनिधिहरूले समयमै सूचना आदान–प्रदान गरी जनजीवन सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ।

सूचना प्रणालीमार्फत अपडेट हेर्न सकिने

बाढी पूर्वानुमान महाशाखाले जनसहभागितामा आधारित मोबाइल एप ‘Nepal Flood Alert’ र वेबसाइट ‘नेपाल बाढी सूचना प्रणाली (Nepal Flood Information System)’ मार्फत अद्यावधिक जानकारी नियमित हेर्न सुझाव दिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र

भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र

भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र...

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन...

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई...

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्