Thursday, September 3, 2026 | 12:18 AM

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई


अ+
अ-

काठमाडौं, भदाै १७ । भोटेकोशी बाढीपछि पहिचान भएका शव सम्बन्धित परिवार तथा ठेगानामा पुर्‍याउनेदेखि विभिन्न आश्रयस्थलमा रहेका विस्थापितलाई घर फर्काउनेसम्मको जिम्मेवारी स्थानीय तह र जिल्ला तहका विपद् व्यवस्थापन संयन्त्रलाई दिइएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा बुधबार बिहान बसेको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले पहिचान भएका शव सम्बन्धित ठेगानामा पठाउन आवश्यक स्रोत र खर्च सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गर्ने निर्णय गरेको हो।
शव सम्बन्धित ठेगानामा पठाउने कार्यको समन्वय नेपाल प्रहरीले गर्ने भएको छ। बाढी तथा विपद्का क्रममा ज्यान गुमाएका व्यक्तिको पहिचानपछि शव परिवारसम्म सुरक्षित रूपमा पुर्‍याउने व्यवस्थालाई थप व्यवस्थित बनाउन यस्तो जिम्मेवारी तोकिएको हो।
बैठकले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न आश्रयस्थलमा राखिएका मानिसलाई उनीहरूको घरठेगानासम्म पुर्‍याउने जिम्मेवारी पनि सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको छ।
यसैगरी, शव सुरक्षित रूपमा राख्न हालसम्म प्राप्त पाँचवटा फ्रिजर विभिन्न अस्पताल तथा सुरक्षा निकायलाई उपलब्ध गराउने निर्णय भएको छ। तीमध्ये दुईवटा त्रिशूली अस्पताल, नुवाकोटमा राखिनेछ भने नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, भरतपुर अस्पताल र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयलाई एक–एक वटा फ्रिजर उपलब्ध गराइनेछ।
बाढीका कारण अभिभावकविहीन भएका तथा अलपत्र परेका बालबालिका र अपाङ्गता भएका व्यक्तिलगायत संवेदनशील अवस्थाका नागरिकको व्यवस्थापनको जिम्मेवारी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई दिइएको छ।
भोटेकोशी बाढीपछि उद्धारसँगै विस्थापितको पुनःस्थापना, मृतकको पहिचान तथा शव व्यवस्थापन र विपद्बाट प्रभावित बालबालिका तथा अन्य संवेदनशील समूहको संरक्षणलाई प्राथमिकतामा राखेर कमाण्ड पोस्टले सम्बन्धित निकायलाई जिम्मेवारी तोकेको हो।
बाढी प्रभावित क्षेत्रमा उद्धारपछि आश्रयस्थलमा रहेका नागरिकलाई सुरक्षित रूपमा घर फर्काउने, पहिचान भएका शव परिवारसम्म पुर्‍याउने तथा अभिभावकविहीन र जोखिममा रहेका नागरिकको संरक्षण गर्ने कार्यलाई अब स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय र सम्बन्धित मन्त्रालयबीचको समन्वयमा अघि बढाइने भएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र

भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र

भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र...

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन...

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्