Wednesday, September 2, 2026 | 2:39 AM

सुनको भाउ निरन्तर ओरालो


अ+
अ-

काठमाडौं, कार्तिक ११ । नेपालमा सुनको मूल्य लगातार घट्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) सार्वजनिक गरेको विवरण अनुसार छापावाल सुनको मूल्य तोलामा रु. २,३७,००० कायम गरिएको छ।

गत साताको तुलनामा पछिल्ला दिनमा विश्व बजारमा आएको गिरावटसँगै नेपाली बजारमा पनि सुन सस्तो बन्दै गएको हो।

महासंघका अनुसार विश्व बजारमा अमेरिकी डलर सुदृढ हुँदै जानु, मध्यपूर्वको तनाव केही न्यून हुनु र लगानीकर्ताहरूले वैकल्पिक सम्पत्तितर्फ ध्यान दिन थालेसँगै सुनको मूल्यमा गिरावट आएको हो।

सुनको मूल्यमा आएको यो गिरावटले विवाह तथा पर्वको तयारीमा रहेका उपभोक्ता र सुन व्यापारीहरूलाई केही राहत मिलेको छ भने लगानीकर्ताहरू भने अलिक असमञ्जसमा परेका छन्।

महासंघका पूर्व अध्यक्षहरूको भनाइ अनुसार, विश्व बजारमा अस्थिरता कायमै रहेकाले आगामी केही दिनसम्म पनि सुनको मूल्यमा हल्का उतारचढाव रहने सम्भावना छ। तर दीर्घकालीन रूपमा सुन अझै पनि सुरक्षित लगानीका रूपमा रहने उनीहरूको धारणा छ।

यसअघि असाेज ३० गते सुनले ऐतिहासिक उच्च मूल्य नजिक पुग्दै तोला रू. २ लाख ५० हजार ९ सयको सीमालाई छोएको थियो। तर त्यसपछि अमेरिकी फेडरल रिजर्भको ब्याजदर नीतिको प्रभाव, तेल मूल्यमा आएको गिरावट र अमेरिकी डलरको मजबुतीका कारण सुन पुनः ओरालो लागेको विश्लेषण गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्