स्तन क्यान्सरकोकारक बन्दैछ, शहरी लाइफ स्टाइल


अ+
अ-

विकसित देशहरूमा फोक्सोको क्यान्सरपछि स्तन क्यान्सरको स्थान हुने गरेको छ । तर नेपालको सन्दर्भमा महिलामा बढी पाठेघरको रोगबाट पिल्सिएका छन् भने त्यसपछिको स्थानमा स्तन क्यान्सर पर्ने गरेको छ । नेपालमा महिला स्तन क्यानसरका विरामी पश्चिमा देशको तुलनामा कम भए पनि मेट्रो पोलिटेन सिटीहरूमा पश्चिमा देशकै हाराहारीमा छ । अझ भन्नुपर्दा काठमाडौंमा स्तन क्यान्सरका विरामी महिला ज्यादा छन् । यसको प्रमुख कारण भन्नुपर्दा यहाँको लाइफ स्टाइल नै हो । नेशनल क्यान्सर अस्पतालमा २०१० जनवरीदेखि २०११सेप्टेम्बरसम्म आएका २सय ९४विरामी मध्ये २० जना स्तन क्यान्सरका विरामी थिए ।
स्तन क्यान्सर कस्ता महिलालाई हुन्छ, यस्तोलाई नै हुन्छ भन्ने पनि छैन । पहिला १२–१३ वर्षमा रजश्वला हुनेमा अहिले ९ वर्षमै भइसक्ने पाइएको छ । हुनत यसमा वातावरणको कुरा छैन तर बढ्दो उमेरका बालिकाहरूलाई ‘रेडियशन गर्दा पनि स्तन क्यान्सरको संभावन हुन सक्छ । यस्तै ३० वर्षभन्दा अगाडि नै रजश्वला रोकिने, लामो समय (५०–५५वर्ष)सम्म पनि महिनावारी हुँदा तथा परिवारको सदस्यमा पनि स्तन क्यानसरका विरामी भए पनि उनको परिवारका महिलालाई स्तन क्यान्सर हुने संभावना बढी हुन्छ । विदेशमा ५०–५५ वर्ष उमेरका महिलालाई स्तन क्यान्सरको समस्या देखिन्छ भने नेपालमा बढी ३० वर्ष पछि र २२–२३ वर्षकै उमेरमा पनि यो समस्या देखिएको छ ।

कसरी पत्ता लगाउने ?
महिलाले आफूमा स्तन क्यान्सर छ, छैन भन्ने कुरा आफैं पनि जाँच्न सक्छन् । (हेर्नुहोला, बक्स) यसबाहेक स्क्रिनिङ गर्ने गर्नु पर्छ । आफैं जाँच्दा महिनावारी भएपछिको पाँचदिन पछि मात्र जाँच्नु पर्छ ।, महिनावारी भएको वेला हर्मोन फुलेको, हर्माेन यताउता परेको हुने हुँदा यथार्थ पत्ता नलाग्न सक्छ । यसको अलावा वर्षमा एक पटक क्लिनिकल एक्जाम गर्नुपर्छ । स्तन क्यान्सर छ, छैन बुझ्नको लागि स्तनको म्यामोग्राफी (स्तनको एक्सरे) गर्नु पर्छ । परिवारमा स्तन क्यान्सरका विरामी भए त जुनसुकै उमेरका अन्य बालिका या महिलालले वार्षिक रुपमा म्यामोग्राफी गर्नु पर्छ । यो बाहेक फाइन्ड मिडल एस्पिरेसी साइटोलोजी गर्नुपर्छ, यो सजिलो उपाय हो । यसबाट पनि पत्ता लागेन भने बायप्सी–शंका लागेको ठाउँको केही अंश काटेर निकल्ने र जाँच गर्ने, सिटी स्क्यान गर्ने, बोन स्क्यान, रगतजाँच आदि गरिन्छ ।

लक्षण
स्तन क्यान्सर भएको ठाउँमा शुरुको अवस्थामा सानो गिर्खा ढुंगा जस्तै साह्रो हुन्छ, यताउता चलाउँदा कतै जाँदैन । स्तनको निप्पलबाट पिप बग्ने, रगत आउने हुन्छ । कसैको काखीमा गिर्खा, ग्ल्याण्ड हुन्छ । स्तन क्यानसरको प्रभाव फोक्सोमा फैलने, हड्डीमा तथा दिमागसम्म पनि फैलने हुन्छ । यसको लक्षण सबैमा एउटै नहुन सक्छ, प्रस्तुति फरक फरक हुन्छ ।

उपचार
स्तनलाई लाजको विषय मान्ने संस्कार भएकोले नेपालमा स्तन क्यान्सर भएका महिलाहरू बढी जसो ढीलो अवस्था तथा अपरेशन गर्न नै गाह्रो हुने अवस्थामा उपचारका लागि आउँछन् । शुरुकै अवस्थामा आउने हो भने अपरेशन मात्र गरे पुग्छ तर अहिले अपरेशन, रेडिएशन , केमोथेरापी सबै गर्नुपर्नै गरी आउँछन् । पाँच वर्षअघि अघि अपरेशन नै गर्न नै नमिल्ने अन्तिम अवस्थामा आउँथे भने अहिलेका नयाँ पुस्ता भने अलि सचेत भएर होला अपरेशन गर्न मिल्ने वेलामै आउँछन् ।
स्तन क्यान्सरको अपरेशन त अधिकांश अस्पतालहरूमा हुन सक्छ तर रेडियशन दिने व्यवस्था भने काठमाडौं
(बीर अस्पताल) र भरतपुर अस्पतालमा मात्र छ । नेशनल क्यान्सर अस्पतालमा पनि अहिले रेडियशनको सुविधा बाहेक सबै सेवा उपलव्ध छ, रेडियशनको लागि बीर अस्पतालमा सहकार्य गर्ने गरेका छौं । तर उपचारको लागि आवश्यक शल्यक्रिया, रेडियशन, केमोथेरापी तिनवटै सुविधा नेपालमा छ । केमोथेरापी लिँदा कपाल झर्छ भन्ने डर पाइन्छ तर औषधी सकिएपछि कपाल फेरि पलाउने हुँदा डराउन पर्दैन । केमोथेरापी गरेको अवधिमा महिलाको बच्चा हुँदैन तर एक वर्षपछि उनी बच्चा पाउन पनि योग्य हुन्छिन्, बच्चामा असर हुँदैन ।

खर्च कति पर्छ ?
अपरेशनको लागि प्राइभेट अस्पतालहरूमा पनि रू.३०–४० हजार लाग्छ भने रेडियशन पूरा कोर्सको लागि रू.१०–१५ हजार पर्छ । यस्तै केमोथेरापीको लागि प्रति साइकल रू.१ हजारदेखि डेढ लाखसम्म पनि पर्छ । यो केमोथेरापी ३।३ हप्तामा छ पटक लिनु पर्ने हुन्छ ।

स्तन क्यान्सर भएका महिलाले उपचार भएको शुरुको वर्षको तीन तीन महिनामा, दोश्रो वर्ष छ।छ महिनामा र पछि एक एक वर्षमा जाँच गराईरहनु पर्छ । उपचारका क्रममा घाउ, ज्वरो, रुघाखोकी हुन नदिने प्रयास गर्नुपर्छ, केमोथेरापी लिएको बेलामा उल्लेखित लक्षण देखिनेवित्तिकै डाक्टरको सल्लाह लिनुपर्छ ।

(नेशनल क्यान्सर अस्पतालका अध्यक्ष तथा निर्देशक डा. मदन पियासँग गरिएको कुराकानीमा आधारित)

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्