विपद् प्रभावित जिल्लामा राहत समन्वय गर्न ११ क्लस्टरका लिड्स र को–लिड्सबीच बैठक


अ+
अ-

काठमाडौँ, असोज २२ । हालैको भारी वर्षाका कारण बढी क्षति पुगेका जिल्लाहरूमा राहत समन्वय र वितरण प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)मा ११ वटै क्लस्टरका लिड्स र को–लिड्स निकायबीच समन्वय बैठक सम्पन्न भएको छ।

यही असोज १७ देखि २० गतेसम्मको अविरल वर्षाबाट प्रभावित जिल्लाहरूमा राहत कार्यका दोहोरोपन रोक्ने र स्रोत व्यवस्थापनलाई एकद्वार प्रणालीमार्फत केन्द्रित गर्ने उद्देश्यले प्राधिकरणको सभाहलमा बैठक आयोजना गरिएको थियो।

बैठकमा सहभागी संघीय मन्त्रालयहरू (क्लस्टर लिड्स) र विभिन्न निकायहरू (क्लस्टर को–लिड्स) ले आफ्ना–आफ्ना क्षेत्रबाट भइरहेका राहत गतिविधिको जानकारी साझा गरेका थिए।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले सबै सरोकारवालाहरूलाई अन्तरनिकाय समन्वय गर्दै “एकद्वार प्रणाली” अपनाउन र राहत तथा उद्धार गतिविधि प्रभावित क्षेत्रमा केन्द्रित गर्न आग्रह गरेका थिए।

“राहत र पुनर्लाभका गतिविधि दोहोरो नपर्ने गरी साझा समन्वय अत्यावश्यक छ। यसका लागि सबै निकायहरू एकीकृत रूपमा अघि बढ्नुपर्छ,” भट्टले बैठकमा भने ।

विपद्‌को पूर्वतयारीदेखि प्रारम्भिक पुनर्लाभसम्मका लागि ११ वटा क्लस्टर गठन गरिएको छ। ती क्लस्टरहरूमा खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, सुरक्षा, आवास, शिविर (क्याम्प) समन्वय, बन्दोबस्ती, प्रारम्भिक पुनर्लाभ र आपतकालीन सञ्चार रहेका छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्