क्षयरोग अन्त्यका लागि अनुसन्धान र नवप्रवर्तन बढाउन डब्ल्यूएचओको आह्वान


अ+
अ-

काठमाडौं, साउन २१ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले क्षयरोग (टीबी) अन्त्य गर्ने अभियानमा तीव्रता ल्याउन दक्षिण–पूर्वी एसियाली क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र अन्तरराष्ट्रिय सहकार्य तत्काल बढाउन आह्वान गरेको छ।

डब्ल्यूएचओका अनुसार विश्वभरकै कुल क्षयरोगका झन्डै ५० प्रतिशत बिरामीहरू यही क्षेत्रभित्र छन्, जसमा सबैभन्दा बढी संक्रमण र मृत्युको दर कायम छ। यसै सन्दर्भमा, टीबी अन्त्यका लागि अनुसन्धान र नवप्रवर्तनलाई गति दिन डब्ल्यूएचओले आयोजना गरेको तीनदिने भर्चुअल कार्यशाला सोमबारदेखि सुरु भएको छ।

कार्यशालामा क्षेत्रीय विशेषज्ञ, राष्ट्रिय क्षयरोग कार्यक्रमका संयोजक, अनुसन्धानकर्ता, नागरिक समाजका प्रतिनिधि तथा साझेदारहरूको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन सत्रमा डब्ल्यूएचओ दक्षिण–पूर्वी एसियाली क्षेत्रकी कार्यवाहक प्रमुख डा. क्याथरिना बेमेले भनिन्, “२०२३ मा हाम्रो क्षेत्रमा करिब ५० लाख मानिसमा क्षयरोग देखिएको थियो भने झन्डै ६ लाखको मृत्यु भयो। यो आँकडा आफैंमा गम्भीर छ र तत्काल कदम चाल्नुपर्ने संकेत हो।”

उनले टीबी अन्त्यका लागि नयाँ प्रविधि, उपकरण र औषधिको विकास तथा न्यायसंगत पहुँच सुनिश्चित गर्न आग्रह गर्दै भनिन्, “सबैलाई समेट्नेगरी ठूलाे स्तरमा प्रभावकारी कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो।”

कोभिड–१९ को महामारीपछिको अवस्थालाई हेर्दा टीबी फेरि एकल संक्रामक रोगको रूपमा विश्वमा सबैभन्दा बढी मृत्यु गराउने कारण बनेको छ। यसले गरिब तथा सीमान्तकृत समुदायमा विनाशकारी आर्थिक असर पारिरहेको छ। डब्ल्यूएचओको तथ्यांकअनुसार दक्षिण–पूर्वी एसियाली क्षेत्रमा टीबी प्रभावित घरधुरीमध्ये ३० देखि ८० प्रतिशतले अत्यधिक खर्च व्यहोर्नुपरेको छ।

यद्यपि पछिल्लो वर्ष केही सकारात्मक उपलब्धिहरू पनि देखिएका छन्। सन् २०२३ मा ३८ लाख नयाँ तथा पुनः देखा परेका टीबी केसहरू सूचित भएका छन्, जसमा सन् २०२२ मा उपचार शुरू गर्ने बिरामीहरूमा ८९ प्रतिशत उपचार सफलताको दर देखिएको छ। मिस्ड केसको संख्या २०२० मा ४४ प्रतिशतबाट घटेर २०२३ मा २२ प्रतिशतमा झरेको छ।

नेपालको “टीबी-मुक्त पालिका” पहल तथा म्यानमारको बहुपक्षीय समन्वय संयन्त्रले कमजोर वर्गसम्म जनकेन्द्रित उपचार पुर्‍याउने कार्यमा योगदान दिएका छन्।

क्षयरोग अन्त्यका लागि विभिन्न देशहरूले आर्टिफिसियल इन्टेलिजेन्स, कम्प्युटर आधारित निदान प्रणाली, डिजिटल निगरानी उपकरण, र बिरामीहरूका लागि प्रत्यक्ष लाभ हस्तान्तरण कार्यक्रमहरू सञ्चालनमा ल्याएका छन्। बङ्गलादेशले हालै बिरामी खर्चसम्बन्धी अध्ययन पूरा गरेको छ भने भारतको RATIONS अध्ययनले पोषण र क्षयरोगको सम्बन्धबारे वैश्विक मार्गनिर्देशनमा योगदान पुर्‍याएको छ।

डब्ल्यूएचओद्वारा गरिएको समीक्षा अनुसार, पछिल्ला ६ वर्षमा सदस्य राष्ट्रहरूले तीन हजारभन्दा बढी टीबीसम्बन्धी अनुसन्धान लेख प्रकाशन गरेका छन्, जसमा ६० प्रतिशत मौलिक अनुसन्धान रहेका छन्। तर ती अनुसन्धानको प्रयोगमा एकरूपता नरहेको, ज्ञान आदान–प्रदानका प्लेटफर्महरू सीमित रहेको र क्षेत्रीय समन्वय कमजोर रहेको डा. बेमेले उल्लेख गरिन्।

उनले भनिन्, “औषधि प्रतिरोधी टीबीको बढ्दो रूप चिन्ताको विषय हो। अनुसन्धान र नवप्रवर्तनको प्रयासहरू प्रायः आ–आफ्नै दायरामा सीमित छन्, जुन सहयोगात्मक प्रयोगका लागि उपलब्ध हुन सकेका छैनन्।”

भर्चुअल कार्यशालामा खोप तयारी, दक्षिण–दक्षिण सहयोग, डिजिटल उपकरणको प्रयोग, खोपप्रतिको हिचकिचाहट अन्त्य गर्ने उपाय, नियामकीय समन्वय, डेटा साझेदारी, सामाजिक कारण (जस्तै कुपोषण, जलवायु परिवर्तन) का आधारमा कार्यान्वयन अनुसन्धानका प्राथमिकता तय गर्ने विषयमा छलफल हुने जनाइएको छ।

डा. बेमेले निष्कर्षमा भनिन्, “हामीले अनुसन्धान, औषधि, निदान प्रणाली तथा खोपका लाभहरू सबैलाई न्यायपूर्वक उपलब्ध गराउनु अनिवार्य छ। कमजोर र सीमान्तकृत समुदायसम्म पुग्नका लागि सक्रिय खोज तथा सामाजिक–आर्थिक सहयोग अपरिहार्य छन्।”

डब्ल्यूएचओले सदस्य राष्ट्रहरूको राजनीतिक प्रतिबद्धतालाई व्यवहारिक कार्ययोजनामा बदल्न अनुसन्धान, नवप्रवर्तन र सहकार्यको माध्यमबाट सहयोग गर्न प्रतिबद्धता जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली...

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्