१ असार २०८३, सोमबार

बाल ऐन संशोधन विधेयकमाथि काठमाडौंमा छलफल


अ+
अ-

काठमाडौं, साउन २१ । बालबालिकासम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयकबारे विशेष छलफल कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य बालबालिकासम्बन्धी ऐन संशोधनसम्बन्धी प्रस्तावित विधेयकमाथि सरोकारवालाबीच गहन छलफल गराउनु र सुझाव संकलन गर्नु रहेको थियो। वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले यस्तो छलफल ऐनलाई व्यवहारिक र बालमैत्री बनाउन सघाउने बताउँदै सरोकार पक्षको सक्रियता आवश्यक रहेको बताइन् ।

कार्यक्रममा संसद्का महिला तथा सामाजिक मामिला समिति तथा कानुन, न्याय तथा मानवअधिकार समितिका माननीय सदस्यहरू, राष्ट्रिय बालअधिकार परिषद्, केन्द्रीय बाल न्याय समिति, युनिसेफ नेपाल, अधिवक्ताहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा अधिवक्ता सबिन श्रेष्ठकाे बालबालिकासम्बन्धी ऐन, २०७५ मा प्रस्तावित संशोधनहरूमाथि विस्तृत प्रस्तुति थियो। अधिवक्ता श्रेष्ठले हाल विधेयकमा समावेश गरिएका प्रावधानहरू र पुनरावलोकनका लागि विचाराधीन विषयहरूबारे जानकारी गराउएका थिए ।

अधिवक्ता सबिन श्रेष्ठ

प्रस्तुति पछि सहभागीबीच खुला छलफल गरिएको थियो। छलफलमा विभिन्न निकायका प्रतिनिधिहरूले विधेयकलाई थप प्रभावकारी, समावेशी र व्यावहारिक बनाउने सम्बन्धमा आफ्ना विचार र सुझावहरू प्रस्तुत गरेका थिए।

महिला, कानुन तथा विकास मञ्च (FWLD) को आयोजना तथा मञ्चकी अध्यक्ष वरिष्ठ अधिवक्ता गीता देवी अर्यालले अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिका सभापति माननीय किरणकुमार साह प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्