झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको जरो कहाँ छ ?


अ+
अ-

काठमाडौं, असार २६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले देशभर पछिल्लो समय देखिएको झ्याप्प–झ्याप्प बत्ती जाने समस्या मौसमी नभई विद्युत् वितरण प्रणालीको पुरानो र जीर्ण पूर्वाधारका कारण उत्पन्न भएको बताएका छन्।
सातै प्रदेशका प्रदेश प्रमुख तथा दुई डिभिजन कार्यालयका प्रमुखसँग विद्युत् वितरण प्रणालीबारे समीक्षा बैठकपछि मन्त्री श्रेष्ठले समस्या संरचनागत रहेको निष्कर्ष निकालिएको जानकारी दिएका हुन्।
मन्त्रीको सचिवालयका अनुसार बैठकमा देशभरको वितरण सञ्जालको अवस्थाबारे समीक्षा गरिएको थियो। स्थलगत अनुगमनका क्रममा नेपालगञ्जमा सन् १९९० मा सम्पन्न सातौं विद्युतीकरण आयोजना पछि वितरण सञ्जालमा उल्लेख्य स्तरोन्नति नभएको, तर विद्युत्को माग भने हरेक वर्ष करिब १५ प्रतिशतका दरले बढिरहेको पाइएको छ। यसका कारण फिडर ओभरलोड, बारम्बार ट्रिपिङ तथा लो–भोल्टेजको समस्या देखिएको सचिवालयले जनाएको छ।
बैठकले विद्युत् वितरण प्रणाली सुधारका लागि चार बुँदे निर्णय गरेको छ। पहिलो, प्रत्येक प्रदेशले आफ्नो वितरण पूर्वाधारको वास्तविक अवस्था, कमजोरी र बढ्दो माग धान्न सक्ने पुनर्संरचना योजना तयार गर्नेछ। कुन सबस्टेशन, फिडर वा ट्रान्सफर्मरमा समस्या छ भन्ने विवरणसहित पहिचान गरिनेछ।
दोस्रो, आगामी आर्थिक वर्षको बजेटमा वितरण प्रणाली सुधारका कार्यक्रम प्रदेशबाट प्राप्त तथ्याङ्कका आधारमा समेटिनेछ। ती योजनालाई ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ सँग आबद्ध गर्दै औद्योगिक क्षेत्र, आवासीय क्षेत्र तथा पर्यटकीय केन्द्रमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
तेस्रो, प्रदेशस्तरका प्राविधिक तथा व्यवस्थापकीय जनशक्तिको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ। चौथो, अबदेखि हरेक महिना सातै प्रदेशका प्रमुखसँग नियमित समीक्षा बैठक गरी समस्या समाधानको प्रगति मूल्याङ्कन गरिनेछ।
मन्त्री श्रेष्ठले हटलाइन ११५० र ११५१ मा आएका गुनासाको तत्काल समाधान गर्ने अभियान जारी रहेको उल्लेख गर्दै सरकारको लक्ष्य गुनासो समाधानमा मात्र सीमित नभई गुनासो नै नआउने भरपर्दो विद्युत् वितरण प्रणाली निर्माण गर्नु रहेको बताएका छन्।
उनले तार, ट्रान्सफर्मर, सबस्टेशन र फिडरलगायत वितरण पूर्वाधारको स्तरोन्नतिसँगै जनशक्तिको क्षमता अभिवृद्धि गरेर विद्युत् प्रणालीलाई थप विश्वसनीय बनाइने बताएका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
झ्याप्प–झ्याप्प बत्ती जानु नेतृत्व अभावको परिणाम, प्राविधिक समस्या मात्र होइन : कुलमान घिसिङ

झ्याप्प–झ्याप्प बत्ती जानु नेतृत्व अभावको परिणाम, प्राविधिक समस्या मात्र होइन : कुलमान घिसिङ

झ्याप्प–झ्याप्प बत्ती जानु नेतृत्व अभावको परिणाम, प्राविधिक समस्या मात्र होइन : कुलमान घिसिङ...

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत...

सुकुम्बासीको मानवअधिकार संरक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई निर्देशन

सुकुम्बासीको मानवअधिकार संरक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई निर्देशन

सुकुम्बासीको मानवअधिकार संरक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई निर्देशन...

संसदीय समितिमा परराष्ट्रमन्त्रीसँग भारत–चीन भ्रमणबारे छलफल, कूटनीतिक उपलब्धि जनतासम्म पुग्नुपर्नेमा जोड

संसदीय समितिमा परराष्ट्रमन्त्रीसँग भारत–चीन भ्रमणबारे छलफल, कूटनीतिक उपलब्धि जनतासम्म पुग्नुपर्नेमा जोड

संसदीय समितिमा परराष्ट्रमन्त्रीसँग भारत–चीन भ्रमणबारे छलफल, कूटनीतिक उपलब्धि जनतासम्म पुग्नुपर्नेमा जोड...

निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक : प्रधानमन्त्री शाह

निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक : प्रधानमन्त्री शाह

निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक : प्रधानमन्त्री शाह...

भूकम्प गएको कृत्रिम घटनामा आधारित भएर 'टेबलटप' अभ्यास

भूकम्प गएको कृत्रिम घटनामा आधारित भएर 'टेबलटप' अभ्यास

भूकम्प गएको कृत्रिम घटनामा आधारित भएर 'टेबलटप' अभ्यास...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्