अमेरिकी सर्वोच्च अदालतबाट ट्रम्पको अपिल अस्वीकार, ५० लाख डलर क्षतिपूर्ति दिने फैसला कायम


अ+
अ-

काठमाडौं, असार १६ । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लेखिका तथा पूर्व पत्रिका स्तम्भकार ई. जीन क्यारोलको पक्षमा आएको ५० लाख अमेरिकी डलर क्षतिपूर्तिको फैसला बदर गराउन दायर गरेको अपिल सुनुवाइ गर्न अस्वीकार गरेको छ। अदालतको यो निर्णयसँगै न्यूयोर्कको ज्यूरीले २०२३ मा दिएको फैसला अन्तिम रूपमा कायम भएको छ।
क्यारोलले ट्रम्पले सन् १९९० को दशकको मध्यतिर म्यानहाटनस्थित एक डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा आफूलाई यौन दुर्व्यवहार गरेको र त्यसपछि सार्वजनिक रूपमा आरोपलाई "झुट" र "ठगी" भन्दै आफ्नो मानहानि गरेको दाबी गरेकी थिइन्। उक्त दाबीका आधारमा न्यूयोर्कको ज्यूरीले ट्रम्पलाई यौन दुर्व्यवहार र मानहानिका लागि जिम्मेवार ठहर गर्दै ५० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको राेयटर्सले जनाएको छ।
क्यारोलले ट्रम्पविरुद्ध दायर गरेको अर्को ८ करोड ३० लाख अमेरिकी डलर क्षतिपूर्तिसम्बन्धी मानहानि मुद्दा अझै पुनरावेदन प्रक्रियामै रहेको छ। उक्त मुद्दामा सर्वोच्च अदालतले हालसम्म कुनै निर्णय गरेको छैन।

ट्रम्पले मुद्दाको सुनुवाइ निष्पक्ष नभएको, अदालतले अन्य दुई महिलाको आरोप तथा सन् २००५ को चर्चित एक्सेस हलिउड भिडियोको प्रमाण स्वीकार गरेर आफूलाई अन्याय गरेको दाबी गर्दै सर्वोच्च अदालत पुगेका थिए। तर सर्वोच्च अदालतले कुनै कारण नखुलाई मुद्दा पुनरावलोकन गर्न अस्वीकार गर्‍यो। यस्तो प्रकारका आदेशमा अदालतले कारण नखुलाउनु सामान्य अभ्यास मानिन्छ, राेयटर्सले भनेेकाे छ ।
यो मुद्दा न्यूयोर्क राज्यको अडल्ट सर्भाइभर्स एक्ट अन्तर्गत दायर गरिएको थियो। उक्त कानुनले यौन हिंसाका वयस्क पीडितलाई सीमित अवधिका लागि हदम्याद नाघिसकेका पुराना घटनामा समेत नागरिक मुद्दा दायर गर्ने अवसर दिएको थियो। क्यारोलले यही कानुनी व्यवस्थाको उपयोग गर्दै ट्रम्पविरुद्ध मुद्दा दायर गरेकी थिइन्।
कानुनी विवाद भने अझै समाप्त भएको छैन। ट्रम्पले सन् २०१९ मा क्यारोलको आरोपलाई अस्वीकार गर्दै दिएको सार्वजनिक अभिव्यक्तिबाट भएको मानहानिसम्बन्धी अर्को छुट्टै मुद्दामा ज्यूरीले क्यारोललाई ८ करोड ३३ लाख अमेरिकी डलर क्षतिपूर्ति दिने फैसला गरेको थियो। ट्रम्पले उक्त फैसला पनि चुनौती दिइरहेका छन् र त्यो मुद्दा अझै अपिल प्रक्रियामा छ।
सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि क्यारोलका वकिलले यसलाई "ज्यूरीको निर्णय र कानुनी जवाफदेहिताको अन्तिम पुष्टि" भएको बताएका छन्। उता ट्रम्पले भने आफूमाथिका सबै आरोप अस्वीकार गर्दै यो मुद्दा राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य...

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता...

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता...

युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह

युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह

युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्