उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन


अ+
अ-

काठमाडौं, वैशाख २। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले
सरकारले २०६२/६३ सालदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय ‘सम्पत्ति जाँचबुझ/छानबिन आयोग’ गठन गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिएकी छन्।
आयोगमा पूर्वन्यायाधीशद्वय चण्डीराज ढकाल र पुरुषोत्तम पराजुली सदस्यका रूपमा रहेका छन्। त्यस्तै, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल पनि सदस्यमा समेटिएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएलगत्तै गत वर्ष चैत १३ गते १५ दिनभित्र यस्तो समिति गठन गर्ने निर्णय गरिएको थियो। शासकीय सुधारसम्बन्धी सार्वजनिक १०० बुँदे कार्यसूचीको ४३औँ बुँदामा समेत यस विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ।
सरकारले यस आयोगमार्फत सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मरिण गाउँपालिकामा शिक्षकलाई बाल तथा किशोर मानसिक स्वास्थ्यबारे अभिमुखीकरण

मरिण गाउँपालिकामा शिक्षकलाई बाल तथा किशोर मानसिक स्वास्थ्यबारे अभिमुखीकरण

मरिण गाउँपालिकाका सातै वडाबाट सहभागी माध्यमिक तहका शिक्षकहरूका लागि बाल तथा किशोर मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण का...

१३औँ शताब्दीको महागौरीको मूर्ति आफ्नै आसनमा फिर्ता

१३औँ शताब्दीको महागौरीको मूर्ति आफ्नै आसनमा फिर्ता

विश्व सम्पदा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले राष्ट्रिय संग्रहालयमा राखिएको १३औँ शताब्दीको दुर्लभ प्रस्तर मूर्ति आफ...

असनको मौलिकता पुनरुत्थान अभियान शुभारम्भ, हरेक शनिबार सांस्कृतिक क्रियाकलाप हुने

असनको मौलिकता पुनरुत्थान अभियान शुभारम्भ, हरेक शनिबार सांस्कृतिक क्रियाकलाप हुने

काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिकाले प्राचीन व्यापारिक तथा......

नागार्जुनको जामाचोमा पदयात्राको क्रममा लडेर बेहोस भएकी महिलाको सेनाले गर्यो उद्धार

नागार्जुनको जामाचोमा पदयात्राको क्रममा लडेर बेहोस भएकी महिलाको सेनाले गर्यो उद्धार

काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–१ जामाचोमा क्षेत्रमा पदयात्रा (हाइकिङ) गर्ने क्रममा खुट्टा अल्झिएर करिब ५० मिटर तल...

सर्वोच्चको फैसलापछि कांग्रेसमा एकताको आह्वान, थापा नेतृत्वलाई पूर्ण वैधानिकता

सर्वोच्चको फैसलापछि कांग्रेसमा एकताको आह्वान, थापा नेतृत्वलाई पूर्ण वैधानिकता

गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि पार्टीभित्र नयाँ ढंगले एकता र...

परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक नियोगसँग भर्चुअल अन्तरक्रिया, आर्थिक कूटनीति र सुशासनमा जोड

परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक नियोगसँग भर्चुअल अन्तरक्रिया, आर्थिक कूटनीति र सुशासनमा जोड

काठमाडौं, वैशाख ४ । परराष्ट्र मन्त्रालयले दक्षिण एशिया, उत्तर–पूर्वी......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्