प्रतिनिधि सभा निर्वाचन २०८२: सुरक्षा व्यवस्था कडा, मतदानका दिन सवारी सञ्चालनमा रोक
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले महत्त्वपूर्ण निर्णयहरू गरेको छ। निर्वाचन सुरक्षा -व्यवस्थापन) निर्देशिका २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा योजनाको समीक्षा तथा सुरक्षा वस्तुस्थितिको आकलन गर्दै विभिन्न निर्देशनहरू जारी गरेको हो।