३१ जेठ २०८३, आइतबार

पश्चिम एसियाको अवस्थाबारे सरकार सतर्क: ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन


अ+
अ-

काठमाडौं, फागुन २० । पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। साथै, पश्चिम एसियामा करिब १८ लाख नेपाली कार्यरत रहेको उल्लेख गर्दै सरकारले परराष्ट्र सचिवको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिसकेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार गरेकाे पत्रकार सम्मेलनपछि जारी गरेको प्रेस नोटमा उक्त क्षेत्रको अवस्थालाई निरन्तर रूपमा नजिकबाट नियालिरहेको र आवश्यक कूटनीतिक पहल अघि बढाइरहेको उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार पश्चिम एसियास्थित १० वटा नेपाली नियोगमार्फत सम्बन्धित देशका सरकारी निकाय र नेपाली समुदायसँग नजिकको सम्पर्क तथा सहकार्य भइरहेको छ। ती नियोगहरूबाट दैनिक रूपमा मन्त्रालयमा प्रतिवेदन प्राप्त भइरहेका छन् र सोही आधारमा परिस्थितिको विश्लेषण तथा समन्वय भइरहेको जनाइएको छ।
यसैबीच, अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक नेपाली युवाको दुःखद निधन भएको जानकारी संयुक्त अरब इमिरेट्स (यूएई) सरकारबाट प्राप्त भएको मन्त्रालयले जनाएको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत परिवारलाई जानकारी गराइसकिएको र शव स्वदेश फिर्ता ल्याउन नेपाली राजदूतावास, अबुधाबीबाट आवश्यक प्रक्रिया अघि बढाइएको छ।
उक्त घटनाबाहेक हालसम्म पश्चिम एसियामा रहेका तथा ट्रान्जिटका क्रममा त्यहाँका विमानस्थल प्रयोग गर्ने अन्य सबै नेपाली नागरिक सुरक्षित रहेको जानकारी नियोगहरूबाट प्राप्त भएको जनाइएको छ।
पश्चिम एसियामा करिब १८ लाख नेपाली कार्यरत रहेको उल्लेख गर्दै सरकारले परराष्ट्र सचिवको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिसकेको छ। उक्त टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, अर्थ, कानुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र कन्सुलर सेवा विभागका सहसचिवस्तरका प्रतिनिधिहरू सहभागी रहने व्यवस्था गरिएको छ। टोलीमार्फत समन्वित, द्रुत र प्रभावकारी कार्य सम्पादन गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, कन्सुलर सेवा विभागले सुरक्षित अनलाइन डाटा कलेक्सन प्रणाली विकास गरी पश्चिम एसियामा रहेका नेपालीहरूको अद्यावधिक विवरण संकलन कार्य सुरू गरेको जनाएको छ। यसले आवश्यक परेको अवस्थामा शीघ्र उद्धार, परामर्श तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउन सहज हुने विश्वास व्यक्त गरिएको छ।
मन्त्रालयले सम्बन्धित मुलुकका सरकार, काठमाडौंस्थित नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग निरन्तर सम्पर्क र समन्वय जारी रहने बताएको छ। स्थिति सामान्य नभएसम्म उक्त प्रक्रिया जारी रहने उल्लेख गर्दै मन्त्रालयले आधिकारिक एडभाइजरी र सूचनामै विश्वास गर्न तथा सुरक्षाका उपायहरू पूर्ण रूपमा अवलम्बन गर्न अनुरोध गरेको छ।
साथै, संयमित र तथ्यमा आधारित सूचना सम्प्रेषणका लागि सञ्चारमाध्यमहरूप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्