पूर्वविशिष्ट पदाधिकारीका सवारी सुविधा छानबिनमा सरकार, गृहलाई आजै विवरण पठाउन निर्देशन
काठमाडौं, वैशाख २३ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनसम्बन्धी विवरण संकलन थालेको छ। कार्यालयले गृह मन्त्रालयलाई आजै यथार्थ विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपाद्वारा प्राप्त सूचनाअनुसार पछिल्लो अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको तथा विभिन्न निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेको छ। त्यसपछि प्रधानमन्त्री कार्यालयले हिजो नै गृह मन्त्रालयसँग स्पष्ट विवरण माग गरेको जनाएको छ।
कार्यालयले पठाएको पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख तथा पूर्वराष्ट्रियसभा अध्यक्षहरूले हाल प्रयोग गरिरहेका सवारी साधन र अन्य सुविधाको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको छ।
सरकारले यस कदमलाई सुशासन, पारदर्शिता र जवाफदेहितासँग जोडेर अघि बढाएको जनाएको छ।
मेगु पोस्त: नेवाः टाइम्स
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न
२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने
एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल
अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति
अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment