३ असार २०८३, बुधबार

सरकारी कर्मचारीलाई अर्धमासिक तलबको तयारी


अ+
अ-

काठमाडौं,वैशाख ६ । नेपाल सरकारले सरकारी कर्मचारीको तलब भुक्तानी प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालयअन्तर्गतको आर्थिक कार्यक्रम महाशाखाबाट जारी पत्रअनुसार अब तलब मासिकको सट्टा अर्धमासिक रूपमा भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको हो।

महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई सम्बोधन गर्दै पठाएको पत्रमा राष्ट्रसेवक कर्मचारीहरूको तलब तथा सुविधा हालसम्म मासिक रूपमा भुक्तानी हुँदै आएको उल्लेख गरिएको छ। तर अब यसलाई अर्धमासिक रूपमा वितरण गर्ने नयाँ प्रणाली सुरु गर्न आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

पत्रमा उल्लेख भएअनुसार अर्धमासिक भुक्तानी प्रणाली कार्यान्वयनका लागि आवश्यक प्रबन्ध मिलाउन अर्थ मन्त्री स्तरको निर्णयअनुसार पहल गरिएको हो। यसले कर्मचारीलाई महिनामा दुई पटक तलब प्राप्त हुने व्यवस्था गर्नेछ।

यो व्यवस्था लागू भएमा कर्मचारीको नगद प्रवाह व्यवस्थापन सहज हुने तथा आर्थिक अनुशासनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली...

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्