२ असार २०८३, मंगलबार

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली


अ+
अ-

काठमाडौं, असार १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध घृणायुक्त अभिव्यक्ति, गालीगलौज, चरित्रहत्या तथा ज्यान मार्ने धम्की दिने व्यक्तिहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाएको बताएकी छन्।
सोमबार फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै ओलीले विगत केही सातादेखि संसदमा आफूले उठाउँदै आएका जनचासोका विषयलाई लिएर सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित आक्रमण भइरहेको उल्लेख गरेकी छन्। उनले सयौँबाट सुरु भएको यस्तो गतिविधि हजारौँ व्यक्तिसम्म विस्तार भएको दाबी गरेकी छन्।
ओलीका अनुसार सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा मात्र नभई व्यक्तिगत मोबाइल फोन र म्यासेन्जरमा समेत बलात्कार, ज्यान मार्ने धम्की र भौतिक आक्रमणका सन्देशहरू प्राप्त भएका छन्। यस सम्बन्धमा आफूले नेपाल प्रहरीको साइबर ब्युरोमा केही दर्जन व्यक्तिविरुद्ध औपचारिक उजुरी दर्ता गराएको र एक जना व्यक्ति पक्राउ परिसकेको जानकारी दिएकी छन्।
उनले लोकतन्त्रमा आलोचना र असहमति स्वाभाविक भए पनि धम्की, घृणा फैलाउने अभिव्यक्ति, चरित्रहत्या, हिंसाको उक्साहट र दुर्व्यवहारलाई अभिव्यक्ति स्वतन्त्रताको नाममा स्वीकार गर्न नसकिने स्पष्ट पारेकी छन्।
सामाजिक सञ्जालमा आफ्नो विषयमा सामग्री उत्पादन गर्ने, शेयर गर्ने वा घृणा फैलाउने व्यक्तिहरूलाई लक्षित गर्दै ओलीले त्यस्ता सामग्री हटाउन अझै समय रहेको उल्लेख गरेकी छन्। अन्यथा कानुनी प्रक्रियाको सामना गर्न तयार रहन उनले चेतावनी दिएकी छन्।
उनले सामाजिक सञ्जालमा फैलिएको घृणायुक्त अराजकतालाई सामान्यीकरण गर्न नहुने बताउँदै यस्ता गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने जनाएकी छन्। समाजमा सभ्यता, सुरक्षा र उत्तरदायित्व कायम गर्न कानुनी तथा जिम्मेवार कदम आवश्यक रहेको उनको भनाइ छ।
सांसद ओलीले सामाजिक सञ्जालमा हुने दुर्व्यवहार र घृणायुक्त अभिव्यक्तिका विषयमा गम्भीर चासो देखाउँदै आवश्यक पहल गरेको भन्दै गृहमन्त्री र नेपाल प्रहरीको साइबर ब्युरोप्रति आभारसमेत व्यक्त गरेकी छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्