५ असार २०८३, शुक्रबार

सडक मानव व्यवस्थापनमा काठमाडौँ महानगर सक्रिय, पशुपतिबाट उद्धार अभियान सुरु हुँदै


अ+
अ-

काठमाडौं, वैशाख २ । काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानव व्यवस्थापनलाई व्यवस्थित बनाउँदै ‘सहयोगापेक्षी सडक मानवमुक्त काठमाडौँ’ अभियानलाई तीव्रता दिएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले सडकमा माग्ने व्यक्तिहरूको अवस्था बहुआयामिक हुने भन्दै तथ्यमा आधारित व्यवस्थापन गरिने स्पष्ट पारेकी छन्।
बुधबार बिहान पशुपति क्षेत्रमा गरिएको स्थलगत अवलोकनपछि उनले प्रत्येक घटनाको “टु साइड स्टोरी” हुने उल्लेख गर्दै सडकमा माग्ने व्यक्तिहरूको आर्थिक, सामाजिक, पारिवारिक, मानसिक तथा शारीरिक अवस्थाका आधारमा वर्गीकरण गरी समाधान गरिने बताइन्।
अवलोकनका क्रममा सुरक्षाकर्मीहरूले केही व्यक्तिहरू मोटरसाइकल चढेर माग्न आउने गरेको जानकारी दिएका थिए। यस्तै, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले ट्याक्सी चढेर आएर माग्ने र पुनः फर्किने व्यक्तिहरू समेत भेटिएको अनुभव सुनाए।
यसपछि डंगोलले वास्तविक रूपमा असहाय, आश्रयविहीन तथा शारीरिक वा मानसिक कारणले वैकल्पिक जीवनयापन गर्न नसक्ने व्यक्तिहरूलाई आश्रय उपलब्ध गराइने बताइन्। साथै, काम गर्न सक्नेहरूलाई सीपमूलक तालिममार्फत रोजगारी तथा स्वरोजगारमा जोडिने योजना रहेको उनको भनाइ छ।
कार्यक्रममा सहभागी बालकृष्ण आचार्यले धुनिवेँसी नगरपालिकाका तर्फबाट अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आवश्यक परे भवन उपलब्ध गराउने बताए।
त्यस्तै, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्माले उद्धार गरिएका व्यक्तिहरू राख्न होल्डिङ कक्ष उपलब्ध गराइने जानकारी दिए। “पशुपति क्षेत्र देशको मुहार हो, यसलाई व्यवस्थित र आकर्षक बनाउन सबैले भूमिका खेल्नुपर्छ,” उनले भने।
अवलोकनमा आशामान संगत, रमेश थापा लगायतका पदाधिकारीको सहभागिता रहेको थियो। टोलीले वनकाली क्षेत्र, मानव कल्याण समाज, नन्दी सेवा लगायत सहयोगापेक्षीहरूको बढी उपस्थिति हुने स्थानहरूको अवस्थाबारे जानकारी लिएको थियो।
महानगरपालिकाले नेपाल प्रहरी र मानव सेवा आश्रम सँगको सहकार्यमा अभियान सञ्चालन गरिरहेको छ। सार्वजनिक स्थलहरूमा माग्ने व्यक्तिहरूको उद्धार, स्क्रिनिङ तथा अवस्थाअनुसार पुनःस्थापना वा आश्रय व्यवस्थापन गरिनेछ।
अभियानअन्तर्गत पहिलो चरणमा आज बेलुका ८ बजे पशुपति क्षेत्रबाट उद्धार कार्य सुरु गरिनेछ, जसमा कार्यवाहक प्रमुख डंगोल स्वयं सहभागी हुने बताइएको छ। सामाजिक विकास विभाग र महानगर प्रहरी बलले नेतृत्व गर्ने उक्त अभियानमा सम्बन्धित निकायहरूको सहकार्य रहनेछ।
यसअघि भएका प्रयासहरूको समीक्षा गर्दै यसपटक एकद्वार प्रणालीमार्फत उद्धार तथा व्यवस्थापन गरिने महानगरले जनाएको छ। साथै, मानव सेवा आश्रम को कल सेन्टर समेत आजैबाट सञ्चालनमा ल्याइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?...

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्