३० जेठ २०८३, शनिबार

कुरिनटारका होटलबाट बालश्रममा संलग्न तीन बालबालिका उद्धार


अ+
अ-

चितवन, वैशाख २ । चितवनको पर्यटकीय तथा व्यस्त ट्रान्जिट क्षेत्र कुरिनटारस्थित विभिन्न होटलबाट बालश्रममा संलग्न तीन जना बालबालिकाको उद्धार गरिएको सिविन नेपालले जनाएको छ।
श्रम तथा रोजगार कार्यालय हेटौंडा, इलाका प्रहरी कार्यालय मुग्लिङ, चाइल्ड हेल्पलाइन नेपाल १०९८ मकवानपुर तथा इच्छाकामना गाउँपालिकाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा ती बालबालिका फेला परेका हुन्।
टोलीले बन्दीपुर गुरुङ होटल एण्ड गेष्ट हाउस, एस एण्ड पी होटल, इच्छाकामना होटल एण्ड राना लज तथा लिजन होटल एण्ड गेष्ट हाउसमा निरीक्षण गर्दा दुई जना बालक र एक जना बालिका बालश्रममा संलग्न रहेको भेटिएको जनाएको छ।
उद्धार गरिएका बालबालिकामध्ये १२ र ११ वर्षका दुई बालक धादिङ जिल्लाका रहेका छन् भने १४ वर्षीया एक बालिका चितवनकी हुन्। उनीहरूलाई थप संरक्षण तथा हेरचाहका लागि सिविन नेपालकाे, चाइल्ड हेल्पलाइन नेपाल १०९८ मकवानपुरमा राखिएको छ।
कुरिनटार पर्यटकहरूको उच्च आवागमन हुने क्षेत्र भएकाले यहाँका होटलहरूमा बालश्रमको जोखिम उच्च रहने गरेको सरोकारवालाहरूले बताएका छन्। चाइल्ड हेल्पलाइन मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवालीका अनुसार यसअघि पनि यस्तै अनुगमनका क्रममा बालबालिका उद्धार गरिनुका साथै सम्बन्धित व्यवसायीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
बालअधिकार संरक्षण तथा बालश्रम अन्त्यका लागि यस्ता अनुगमनलाई निरन्तरता दिइने सम्बन्धित निकायहरूले जनाएका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्