३० जेठ २०८३, शनिबार

स्वास्थ्य क्षेत्रका प्रगति अद्यावधिक


अ+
अ-

काठमाडौं, चैत २१ । नेपाल सरकार मन्त्रिपरिषद्ले चैत १३ गते गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे निर्णयअन्तर्गत बुँदा नं. ८५ मा उल्लेखित स्वास्थ्य क्षेत्रका कार्यहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेखनीय प्रगति गरेको जनाएको छ।

मन्त्रालयले हिजाे सार्वजनिक गरेकाे प्रगति विवरण अनुसार राष्ट्रिय ट्रमा सेन्टर, डडेल्धुरा अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र गजेन्द्र नारायण सिंह अस्पताल गरी ६ वटा अस्पतालमा सेवा सुधार कार्ययोजना अनुसार सुधारका कार्यहरू सुरु भएका छन्। अस्पतालको सेवा गुणस्तर अभिवृद्धिका लागि सरसफाइ, कर्मचारी हाजिरी र गुनासो सुनुवाइका लागि फोकल पर्सन तोकी ५ वटा अस्पतालमा सुधारका कार्यहरू अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म ६३ वटा अस्पतालले कुल शय्याको १० प्रतिशत बेडमा निःशुल्क उपचार प्रदान गरेको छ। यसबाट गरिब तथा विपन्न नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

यस्तै, स्वदेशी औषधि उत्पादन प्रवद्र्धन अन्तर्गत
नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाबाट उत्पादित औषधिहरू ‘जी टू जी’ (G2G) प्रणालीमार्फत खरिद गर्ने तथा उत्पादन क्षमता वृद्धि गर्ने कार्यको तयारी पूरा गरिएको उल्लेख छ ।

संघीय र प्रादेशिक अस्पतालहरूमा सेवाको गुणस्तर सुनिश्चित गर्न ‘चेकलिस्ट’ निर्माण गरी अनुगमन सुरु गरिएको छ। त्यस्तै, १०० दिनभित्र सम्पन्न गर्नुपर्ने १० बुँदे सुधारका कार्यहरूका लागि जिम्मेवारीसमेत तोकिएको मन्त्रालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्