५ असार २०८३, शुक्रबार

काठमाडौंमा अवैध क्रिप्टो कारोबारमा संलग्न बंगलादेशी नागरिक नगदसहित पक्राउ


अ+
अ-

काठमाडौं, चैत १३ । जिल्ला प्रहरी परिसर काठमाडौंले अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक विदेशी नागरिकलाई नगदसहित पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ क्षेत्रबाट बंगलादेश घर भई हाल सोही क्षेत्रमा बस्दै आएका २९ वर्षीय एमडी शेहाबुल इस्लामलाई पक्राउ गरिएको हो। उनलाई अवैध रुपमा क्रिप्टोकरेन्सी (यूएसडीटी) कारोबार गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका इस्लामको मोबाइल फोनमार्फत करिब ३० लाख ४९ हजार ७३६ रुपैयाँ बराबरको यूएसडीटी कारोबार भएको खुलेको प्रहरीले जानकारी दिएको छ। उक्त कारोबार नेपालमा गैरकानुनी मानिने भएकाले उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २६३ (क) अनुसार थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले उनको साथबाट नगद ६० हजार रुपैयाँ, एनसेल र एनटिसीका सिमकार्ड, दुई थान मोबाइल, विभिन्न बैंकका सात थान एटीएम कार्ड, ३३ थान चेकबुक, बैंक खाता खोल्न प्रयोग गरिएका सात थान केवाईसी फाराम तथा एमडी मोस्ताहिन फहमिदको नाममा दुई लाख रुपैयाँ भरी काटिएको एक थान चेक बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय नेपालमा अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गर्ने गतिविधि बढ्दै गएको छ। यस्ता गैरकानुनी कारोबार नियन्त्रण गर्न निगरानी कडा पारिएको र अनुसन्धानलाई तीव्र बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?...

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्