बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो


अ
अ+
अ-

काठमाडौं, असोज २५। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। बाढीले केही घरमा क्षति पुर्‍याएको छ भने धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा परेका छन्।
नेपाल प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर थुनिएको बूढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्‍याएको हो।
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।
त्यसैगरी, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा रहेका टहरामा बाढी पसेको प्रहरीले जनाएको छ।
आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ।
बूढीगण्डकी नदीमा ठूलो बाढी आइरहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले बाढी सुरक्षित रूपमा पार नभएसम्म त्रिशूली दोभानसम्म नदीको छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द...

विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी

विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी

विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी...

अपाङ्गतामैत्री  मतदान  प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी

अपाङ्गतामैत्री मतदान प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी

अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी...

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत...

बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता

बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता

बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता...

अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा

अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा

अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्